थमन विक हत्या मुद्दामा जन्मकैद सजाय पाएका ठाकुर जेल चलान
जनकपुरधाम : मधेस आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरी असई थमन विक हत्या मुद्दामा जन्मकैदको सजाय पाएका मोहन ठाकुरलाई जेल चलान गरिएको छ। जलेश्वर नगरपालिका-९ निवासी मोहन ठाकुर लेनदेन मुद्दामा सिन्धुली कारागारमा सजाय पूरा गरी छुटेको समयमा उनलाई पुनः प्रहरीले पक्राउ गरी थमन विक हत्यामा दोषी करार भएकाले पुनः जेल चलान गरेको हो।
जन्मकैद सजाय पाएकोमा प्रहरीले महोत्तरी जिल्ला अदालतमा बुझाएपछि जिल्ला अदालत महोत्तरीबाट सजाय भुक्तानी गर्न जलेश्वर कारागारमा बुझाएको छ। उनलाई गत मंसिर २८ गतेको जिल्ला अदालत महोत्तरीको फैसलाले दोषी करार भई गत पौष १३ गते जलेश्वर कारागार चलान गरिएको हो।