८ महिनामा बने ६ पुल

८ महिनामा बने ६ पुल
फाइल तस्बिर।
सुन्नुहोस्

बेनी : म्याग्दीमा आठ महिनाको अवधिमा छ नयाँ पुल निर्माण भएका छन्। थप एउटा पुल निर्माणको अन्तिम चरणमा छ। 

ग्रामीण बस्ती जोड्ने सडकमा पुल निर्माण भएपछि यातायातका साधन आवतजावत सहज भएको छ। संघीय सरकारमार्फत चार र प्रदेश सरकारमार्फत तीन पुल निर्माण भएका हुन्। यस वर्ष दुई पुलको निर्माण सुरु गरेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले थप दुई पुलको ठेक्का लगाउने तयारी गरेको छ। 

सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत अन्नपूर्ण गाउँपालिकाको वडा– ५ र ६ को सिमाना घारखोलामा २५ मिटर लामो मोटर चल्ने पुल निर्माण भएको छ। 

पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो पुल निर्माणका लागि फेवा–बीएम जेभी पोखरासँग २०७६ माघ १७ गते भ्याटसहित २ करोड ८१ लाख ७८ हजार  रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सडक विभागको पुल महाशाखाले राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत रघुगंगा गाउँपालिका– १ बेगखोलामा ७० मिटर लामो डबल स्पाम पुल निर्माण गरेको छ। बीओकेआई/हिमालयन जेभीले भ्याटसहित ८ करोड ३० लाख ६८ लाख रुपैयाँमा २०७८ असार २९ गते सम्झौता गरेको हो ।

सडक डिभिजन बागलुङले बेनी नगरपालिका–४ फापरखेत र मंगला गाउँपालिका–३ बरंजाको पखेर जोड्ने १ सय १७ मिटर र मंगला गाउँपालिका–२ माटेबगर र वडा– ५ पोक जोड्ने दुई पुल बनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.