एपीवानमा र्‍याप ब्याटल

एपीवानमा र्‍याप ब्याटल
सुन्नुहोस्

काठमाडौं : युजिसा इन्टरनेसनलको आयोजना र राज्य मिडिया नेटवर्कको सह–आयोजनामा र्‍याप गीतको रियालिटी शो ‘र्‍याप ब्याटल नेपाल’ हुने भएको छ। आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शो एपीवान टेलिभिजनबाट प्रसारण हुने जानकारी दिएको हो।

युजिसा इन्टरनेसनलका कार्यकारी निर्देशक सानु खानले शोका लागि फेब्रुअरीबाट अडिसन सुरु हुने बताए। उनका अनुसार टेलिभिजनमा अप्रिलबाट र्‍याप ब्याटल नेपाल प्रसारण हुनेछ। ‘शोमा नेपाली सांगीतिक फाँटदेखि बलिउडका संगीतकर्मी निर्णायक हुनेछन्’, उनले भने।

राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं इभेन्ट सल्लाहकार सरोज ओझाले युवासहित सबै किसिमका दर्शकलाई सांगीतिक माहोलमाझ रम्ने वातावरण यस शोले दिने बताए।

शोको अडिसन काठमाडौं, पोखरा, झापा, इटहरी, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुढी र सिक्किममा हुनेछ। शोका इभेन्ट निर्देशक डेभिल सिंह राजपुतले अडिसन दार्जिलिङमा माघ २५, सिक्किममा माघ २७, सिलिगढीमा माघ २९, झापामा फागुन २, इटहरीमा फागुन ५, चितवनमा फागुन ९, पोखरामा फागुन १२ र काठमाडौंमा १८ तथा १९ गते गरिने बताए। उनले विश्वभर छरिएर रहेका नेपाली भाषीहरूका लागि डिजिटल अडिसनसमेत गरिने राजपुतले जानकारी दिए। एपीवान टेलिभिजनका समाचार प्रमुख निरजराज जोशीले शोको सफलताको कामना गर्दै टेलिभिजनले शोलाई सफल पार्न सहयोगीको भूमिका निर्वाह गर्ने बताए। कार्यक्रममा पे वेलका असिस्टेन्ट सीईओ प्रज्ज्वल आचार्यलगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.