प्रयोगविहीन बन्दै तरकारी संकलन केन्द्र

प्रयोगविहीन बन्दै तरकारी संकलन केन्द्र
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– १२ मा रहेको तरकारी संकलन केन्द्र निर्माण भएको आठ वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन।

यूएसएआईडीको सहयोग र टुकी संघ सुनकोशीको सहकार्यमा सञ्चालन भएकोे सबल कार्यक्रम र सप्रोस नेपालको ३२ लाख रुपैयाँको संयुक्त लगानीमा बनेको तरकारी तथा चिस्यान केन्द्र प्रयोगविहीन बनेको हो। 

तरकारी उत्पादन गर्ने, किसानले फलाएको उत्पादनलाई संकलन गर्ने र बजारसम्म पुर्‍याउने, बेमौसमी तरकारी तथा फलफूललाई चिस्यान केन्द्रमा सुरक्षित राख्ने उद्देश्य राखिएको थियो। तर यो उद्देश्यअनुसार कुनै पनि काम अघि बढ्न नसकेको स्थानीय कृषकले बताए। ‘संकलन केन्द्र भनेर भवन चाहिँ छ, तर हामीले उत्पादन गरेको तरकारी संकलन केन्द्रले लिँदैन’, कृषक प्रमोद दनुवार भन्छन्, ‘कृषि उपज र कृषकका लागि प्रयोग गर्ने भनिएको यो केन्द्र सधैं ताला लगाएर राखिएको छ।’ तरकारी संकलन केन्द्रको नाममा बजेटमात्रै खर्च गर्ने काम भइरहेको उनले बताए।

यस्तै, जुगल गाउँपालिकाको पाङ्ताङमा रहेको जुगल कृषि संकलन केन्द्र पनि प्रयोगविहीन बनेको छ। गाउँपालिकाको ५ लाख र यूएनडीपीको १ लाख २० हजार गरी ६ लाख २० हजार लागतमा निर्माण भएको संकलन केन्द्र प्रयोगमा नआउँदा कृषकले उत्पादन गरेका तरकारी बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता रहेको स्थानीय जेपी सिलवाल बताउँछन्।

२०७७ मा निर्माण गरिएको कृषि भवन प्रयोगमा आउन नसक्दा झाडीले ढाकोको कृषक सुशान्त लामिछानेले बताए। सरकारी तथा गैरसरकारी संस्थाले उपलब्ध गराउने अनुदानको रकमका लागि मात्रै ध्यानमा राखेर निर्माण गरिएकाले यी तरकारी संकलन केन्द्र सञ्चालनमा आउन नसकेको स्थानीय किसानको दुःखेसो छ।

जिल्ला सदरमुकाम चौतारा, नवलपुर र ज्यामिरेमा निर्माण गरिएका संकलन केन्द्र पनि प्रभावकारी रूपमा प्रयोगमा आउन सकेका छैनन्। जिल्लामा तरकारी संकलन केन्द्र नहुँदा उत्पादन गरेको तरकारीले उचित बजार नपाएको कृषकको गुनासो छ।

कृषकले उत्पादन गरेको तरकारी डोकामा बोकेर डुलाउँदै बिक्री गर्नुपर्ने बाध्यता रहेको छ। तर निर्माण भएको तरकारी संकलन केन्द्रसमेत प्रयोगमा नआउँदा सास्ती खेप्नु परेको ज्यामिरेका कृषक बालमुकुन्द अधिकारीले गुनासो गरे। कृषकले गुनासो गरिरहँदा स्थानीय सरकारले भने संकलन केन्द्रलाई व्यवस्थित गर्न लागि परेको बताउँछन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.