म्याग्दीको अन्नपूर्णमा करिब चार करोड थप बजेट बिनियोजन

म्याग्दीको अन्नपूर्णमा करिब चार करोड थप बजेट बिनियोजन
सुन्नुहोस्

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि थप करिब चार करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। 

गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार भएको १८ औ गाउँसभाले ७५ वटा योजनाका लागि तीन करोड ८१ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो। गत असारको गाउँसभाले पारित गरेको कुल ५३ करोड ५४ लाख ४३ हजार ६०० रुपैयाँमा तीन करोड ८१ लाख रुपैयाँ समावेश गर्ने उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले गरेको प्रस्ताव सभाले पारित गरेको छ। 

यसैगरी ८३ लाख रुपैयाँ बजेट बिनियोजन भएको ३० वटा योजनाको नाम संशोधन भएको छ। थप बजेटबाट अन्नपूर्ण आधार शिविरमा पूर्वाधार निर्माण सम्बन्धी योजनाका लागि प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। यो शीर्षकमा ५० लाख रुपैयाँ बिनियोजन भएको छ। 

कृषि एम्बुलेन्स खरिद गर्न  १५ लाख, फोहोरमैला संकलन केन्द्र निर्माणका लागि १५ लाख, खोपारामा पदमार्ग बनाउन १६ लाख, प्रशासकीय भवनको जग्गा प्राप्तिका लागि थप २० लाख, कोशेली घर व्यवस्थापन संकलन तथा बिक्री केन्द्रलाई पाँच लाख, सुरक्षित मातृत्व आकस्मिक कोषमा दुई लाख रुपैयाँ बिनियोजन भएको छ। राम्चेको वडा कार्यालय भवनलाई पूर्णता दिन  १५ लाख रुपैयाँ बिनियोजन भएको छ। 

सभामा प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले चालु आर्थिक वर्ष २०८०/०८१ को छ महिनाको अवधिमा भएका गतिविधिहरूको बारेमा जानकारी गराएका थिए। उनका अनुसार कुल ५३ करोड ५४ लाख ४३ हजार ६०० रुपैयाँमध्ये नौ करोड ६८ लाख ७० हजार ९४५ रुपैयाँ अथवा १८.०९ प्रतिशत खर्च भएको छ। 

पुजिगत शिर्षकमा बिनियोजन भएको १७ करोड ९९ लाख ९४ हजार रुपैयाँ मध्य ५.८८ प्रतिशत अथवा एक करोड पाँच लाख ७७ हजार ६९२ खर्च भएको छ। ११५ वटा योजना मध्य हालसम्म ५७ वटाको सम्झौता, ६ वटा सम्पन्न र ५८ वटा योजना सम्झौता हुन बाँकी रहेका छन्। हालसम्म एक करोड ४० लाख ६१ हजार ६१० रुपैयाँ राजस्व संकलन भएको छ। 

वडामै पुगेर योजना सम्झौता गरेको, प्रभा माविको भवन निर्माणको अन्तिम चरणमा रहेको, दुई वटा ठूला सडकको डीपीआर तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी गराइएको थियो। गाउँपालिकाको भवन निर्माणका लागि मापदण्ड अनुसारको जग्गा खोजीको क्रममा रहेको जनाइएको छ। 

सभामा लेखा समितिका संयोजक पुष्पा बानिया बरुवालले बेरुजू फस्यौट सम्बन्धी प्रस्ताव पेश गरेकी थिइन्। सभामा पेश भएका ७ वटा विभिन्न प्रस्तावमा सभाका सदस्यहरूबीच छलफल भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.