सहकारीको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

सहकारीको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न नियामक निकायलाई निर्देशन दिएका छन्। बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रचण्डले सहकारीको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन्।

उनले भने,‘सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने छ। सहकारी सम्बन्धि हाल कार्यरत नियामक संस्थाहरुले राम्रा, संकटमा रहेका र डुबेका सहकारीहरुको वर्गीकरण गरी तत्काल प्रतिवेदन पेश गर्नुस्।’

उनले सहकारीलाई समाजवादको भ्रुण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्ने गरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताए। सहकारीलाई व्यवस्थित बनाउनुपर्ने बताउँदै उनले सहकारीमा बचतकर्ताले राखेको रकमको सुरक्षामा ध्यान दिन आग्रह गरे। उनले तीन वटै तहका सरकारको समन्वयमा प्रभावकारी कदम चाल्नुपर्ने औल्याए।

प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्वन्धमा तत्कालिन र दीर्घकालीनढंगले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिए।

सहकारी सम्बन्धि छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, मुख्य सचिव बैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालय, विभाग र निकायका अधिकारीहरू सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.