सहरी जीवनयापन सुधार परियोजनाका लागि बोलपत्र आह्वान गर्न अनुमति

सहरी जीवनयापन सुधार परियोजनाका लागि बोलपत्र आह्वान गर्न अनुमति
सुन्नुहोस्

भैरहवा : एशियाली विकास बैंक (एडिबी) को सहरी जीवनयापन सुधार परियोजना अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (सहित सात पालिकाहरू) मा पूर्वाधार निर्माण र विस्तारका लागि अनुदान सहायता तथा सहलियतपूर्ण ऋणमा बुधबार सम्झौता भएको छ।

सिद्धार्थनगरमा परियोजना सञ्चालनका लागि पहिलो नेपाल सरकार (अर्थ मन्त्रालय) र एडिबी, दोस्रो नेपाल सरकार, सिद्धार्थनगर, एडिबी तथा तेस्रो सिद्धार्थनगर, शहरी विकास मन्त्रालय (आयोजना कार्यान्वयन इकाइ), नगर विकास कोषबीच गरी तीनवटा विभिन्न सम्झौता पत्रमा दस्तखत भएको हो। यो परियोजना सञ्चालनका लागि नेपाल सरकारले एडिबीसगँ सहलियतपूर्ण ऋण लिएको छ। उक्त ऋण पालिकाहरूलाई अनुदानको रूपमा उपलब्ध गराइने छ।

परियोजना सञ्चालनका लागि नेपाल सरकारबाट ७५ प्रतिशत अनुदान, १८ प्रतिशत नगर विकास कोषबाट ऋण र ७ प्रतिशत नगरपालिका कार्यालयको आन्तिरक स्रोतबाट सिद्धार्थनगरमा २५ किलोमिटर बढी नाला सहितको सडक तथा पर्यटन प्रवर्द्धनका लागि डण्डा नदीलाई करिडोरको रूपमा विकास गर्न सम्झौता भएको सिद्धार्थनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए।

उनले सम्झौता पत्रमा दस्तखत भएसँगै परियोजना सञ्चालन हुने ७ पालिकामध्ये सबैभन्दा पहिला सिद्धार्थनगर नगरपालिकालाई बोलपत्र आह्वान गर्नका लागि शहरी विकास मन्त्रालयअन्तर्गतको आयोजना कार्यान्वयन इकाईले अनुमति प्रदान गरेको बताए।

सात पालिकामध्ये सिद्धार्थनगरको विस्तृत परियोजना रिपोर्ट एडिबीले स्विकृत गरेर कुनै आपत्ति नरहेको पत्र शहरी विकास मन्त्रालयलाई दिएपश्चात मन्त्रालयको इकाइ कार्यालयले नगरपालिकालाई ठेक्का आह्वान गर्न अनुमति दिएको हो। 

‘सम्झौतासँगै हामीले अन्तराष्ट्रिय बोलपत्र आह्वानका लागि अनुमति पाइसकेका छौं,’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, ‘अब अध्ययन गरेर एक हप्ताभित्रै बोलपत्रको सूचना जारी गर्छौं।’ उनले उक्त परियोजना नगरको मुहार फेर्नका लागि कोशेढुंगा सावित हुनेमा विश्वास व्यक्त गरे।
 
नगरमा एडिबी अन्र्तगतको परियोजना मात्रै नभई अन्य ठूल्ठूला परियोजना ल्याउनका लागि पनि प्रयासहरू भइरहेको नगर प्रमुख खानले जानकारी दिए। सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले परियोजनाले नगरवासी लाभाञ्वित हुनुका साथै पर्यटन प्रवर्द्धनसहित अन्य क्षेत्रमासमेत टेवा पुग्ने बताइन्। 
 
बैंकको बोर्ड बैठकले शहरी लचिलोपन र जीवनयापन सुधार परियोजनाअन्तर्गत सिद्धार्थनगरमा योजना सञ्चालनका लागि नगरपालिकाबाट प्रस्तावित योजनाहरू गत मंसिर महिनामा स्वीकृत गरेको थियो। परियोजनाअन्तर्गत नगरपालिका क्षेत्रमा ‘इडब्लुसीडी’ मानक सहितको फुटपाथ, नाला, साइकल लेन, सडक निर्माण र डण्डा नदीलाई करिडोरको रूपमा विकास गरिने छ। यसले हरियाली पार्क र खुला ठाउँहरूसहित सार्वजनिक क्षेत्रको समेत सौन्दर्यीकरण गर्नेछ। डण्डा नदीको किनारका जग्गाहरूमा आर्कषक पूर्वाधारहरू निर्माण गरिने छ।

बालबालिका, महिला, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतालाई समेत मध्यनजर गर्दै परियोजनाअन्तर्गतका विकासका कार्यहरू हुने सिद्धार्थनगर नगरपालिकाका योजना प्रमुख इन्जिनियर साकार श्रेष्ठले जानकारी दिए।

सिद्धार्थनगरमा परियोजना कार्यान्वयन गर्ने क्रममा उत्कृष्ट परिणामअनुसार थप लगानी भित्रिने अवस्थासमेत रहेको नगरपालिका कार्यालयले जनाएको छ। उक्त परियोजना सिद्धार्थनगर नगरपालिकासँगै पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक, सैनामैना, तिलोत्तमा, र देवदह नगरपालिकामा सञ्चालन हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.