दुर्घटनाका घाइते मोटरसाइकल चालकको मृत्यु

दुर्घटनाका घाइते मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पाथीभरा मन्दिरनजिक बिहीबार बिहान राती दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ च ९६३२ नम्बरको स्कोरपियो  र पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प २५२ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक मोरङको बेलबारी नगरपालिका–२ का २२ वर्षीय रूपक घिमिरेको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर घाइते भएका घिमिरेको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा बिहान १:४५ बजेतिर मृत्यु भएको हो । 

दुर्घटनालगत्तै प्रहरीले स्कोरपियो र चालक झापाको कन्काई नगरपालिका–१ का ३० वर्षीय रोहित मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । मृतक मोटरसाइकल चालकको साथमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको पाइएको छ । 

मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.