दार्चुला बस दुर्घटनामा १६ जना घाइते, तीनजनालाई धनगढी रिफर

दार्चुला बस दुर्घटनामा १६ जना घाइते, तीनजनालाई धनगढी रिफर
तस्बिर : अन्नपूर्ण

दार्चुला : दार्चुला बस दुर्घटनामा गम्भीर घाइते भएका तीनजनालाई उपचारका  लागि धनगढी रिफर गरिएको छ। दुहुँ गाउँपालिका-५ का ५३ वर्षीय दिलिप बहादुर बम,उनकी बुहारी कमला बम र नाती हिमान्सु बमलाई उपचारका लागि धनगढी रिफर गरिएको  जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।

अस्पतालका सूचना अधिकारी डम्बर भट्टका अनुसार दिलिम बमको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। कमला र हिमान्सको अवस्था भने सामान्य नै रहेको उनको भनाइ छ। बाँकी १३ जना घाइतेको दार्चुलामा उपचार भइरहेको छ।

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको बस शुक्रबार बिहान महाकाली नगरपालिका-५को फोहोर फाल्ने ठाउँबाट महाकालीतिर खसेको थियो।सुपप्र ०२ ००१ ख १०३१ नम्बरको सो बस बैतडीको दोगडाकेदार गाउँपालिका ४ पिपलकोट बसालीका जनक ठगुन्नाको रहेको बुझिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.