बुटवलमा बाक्लो हुस्सु, जनजीवन प्रभावित

बुटवलमा बाक्लो हुस्सु, जनजीवन प्रभावित
बुटवलमा लागेको बाक्लो हुस्सु । तस्बिर : गंगा खड्का
सुन्नुहोस्

बुटवल : बुटवलमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । पुस १५ गतेदेखि बुटवलसहित तराईका जिल्लामा बिहान बाक्लो हुस्सु र शितलहर चल्ने गरेको छ । 

बुटवलमा दिउँसोसम्म पनि सवारीसाधनहरुले सडकमा बत्ती बालेर यात्रा गर्ने गरेका छन् । हुस्सु र शितलहरमा यात्रा गर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले विस्तारै यात्रा गर्न सुझाव दिने गरेका छन्।  

‘केही दिन अगाडि शितलहरकै कारण बर्दियामा दुर्घटना भएको थियो’,नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले भने,‘आजभोली दुर्घटना भएका छैनन्, हामी गाडी चालकहरुलाई सचेत गराएर यात्रा गर्न आग्रह गरिरहेका छौँ ।’ 

एक आपसमा गाडी ठोक्किने खतरा हुने भएकाले हुस्सु लागेको बेला यात्रु र गाडी चालकहरुले बढी सावधनी अपनाउन उनले आग्रह गरे । दिनप्रतिदिन बढ्दो चिसोका कारण अस्पतालमा समेत बिरामीहरु बढ्दै गइरहेका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.