कार्यालय सार्न लागेपछि एमाले धनकुटाले जनायो विरोध

कार्यालय सार्न लागेपछि एमाले धनकुटाले जनायो विरोध
सुन्नुहोस्

धनकुटा : धनकुटा सदरमुकामस्थित तथ्यांक कार्यालय र पाख्रिबासमा रहेको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई सार्न लागिएको भन्दै नेकपा एमाले धनकुटाले विरोध जनाएको छ। 

नेकपा एमाले धनकुटाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै तथ्यांक कार्यालयलाई खोटाङमा र राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई इलाममा सार्न लागिएको भन्दै विरोध जनाएको हो। 

यस्तै धनकुटामा निर्माणाधीन एक सय शय्याको अस्पतालको जग्गा प्राप्तिका लागि संघीय सरकारले निर्णय नगरेको, अघिल्ला सरकारले छुट्याएका विकास बजेट कटौती गरेको र एक स्थानीय तह एक अस्पतालको बजेट कटौती गरेको एमालेले आरोप लगाएको छ। 

पत्रकार सम्मेलनमा बोल्दै एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले संघीय मन्त्रिपरिषद् बैठकले कार्यालय सार्ने निर्णय गरेको भन्दै त्यसको विरोधमा सबै धनकुटेली एक हुनुपर्ने बताए। 

कार्यालय सार्न लागेको विरोधमा एमाले धनकुटाले माघ १५ गते सबै राजनीतिक दल र जनप्रतिनिधिको भेला आयोजना गर्ने तथा माघ १६ गते विरोध र्‍याली गर्ने कार्यक्रम तय गरिएको नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुलीले बताए। 

विज्ञप्ति अनुसार वर्तमान सरकारले धनकुटालाई हेप्ने तथा अपमान गर्ने काम गरेकोले यो कार्य नरोकिए आन्दोलनको चेतावनी दिइएको छ। एमाले धनकुटाले आइतबार नै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कार्यालय सार्ने निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र समेत बुझाएको छ।

यता धनकुटाका प्रमुख जिल्ला अधिकारी पौडेलले यस विषयमा आधिकारिक जानकारी आफूलाई अहिलेसम्म नआएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.