डाँडाबजार क्षेत्रको सडक विस्तार गरिँदै

डाँडाबजार क्षेत्रको सडक विस्तार गरिँदै
सुन्नुहोस्

धनकुटा : साँगुरीगढी गाउँपालिका-५ डाँडाबजार क्षेत्रको साँघुरो सडकलाई फराकिलो बनाउने कार्य सुरु गरिएको छ। सडकको चौडाहा साँघुरो हुँदा पछिल्लो समय सवारी साधन आवातजावतमा समस्या देखिन थालेपछि ५ नम्बर वडा कार्यालयको अगुवाइमा सडक फराकिलो बनाउने कार्य सुरु गरिएको हो। डाँडाबजार चोकदेखि डाँडाबजार खेल मैदानसम्मको करिब डेढ किलोमिटर सडकको चौडाहा फराकिलो पारिने वडाध्यक्ष खड्ग लिम्बूले बताए। 

अहिले सडकको चौडाहा ५ मिटर पनि छैन। अब उक्त सडकलाई फराकिलो बनाएर चौडाहा ७ मिटरको बनाइने उनको भनाइ छ। बजार क्षेत्रको सडक विस्तारका लागि गाउँपालिकाले जेसिवी उपलब्ध गराएको छ। वडाबाट २ लाख ५० हजार बजेट विनियोजन गरिएको छ। सडक विस्तारको कार्य सुरु गर्नुअघि वडा कार्यालयको अगुवाइमा स्थानीय बासिन्दासँग छलफल गरिएको थियो। 

जसको कारण सडक विस्तारमा स्थानीय बासिन्दाबाट कुनै अवरोध नभएको वडाध्यक्ष लिम्बुले बताए। सडक विस्तारका क्रममा एउटा घर पूर्ण रुपमा र डाँडाबजारको सार्वजनिक शौचालय समेत भत्किने छ। त्यस्तै अधिकांश घरको अगाडि पट्टीको भाग भत्किने छन्।  

धनकुटा सदरमुकामदेखि पूर्वी क्षेत्रमा पर्ने डाँडाबजार पुरानो बजार हो। २०१० सालदेखि बस्ती बस्न थालेको थियो। यो बजार क्षेत्रमा २०४५ साल यता बस्तीकरण वढ्दो छ। अहिले बजार क्षेत्रमा २ सय ४५ वटा घर रहेका छन्। 

डाँडा बजारको बीच बस्तीमा सामुदायिक विद्यालय रहेको छ भने खेल मैदान नजिकै प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ। बजार क्षेत्रको सडक साँघुरो हुँदा स्वास्थ्य चौकीसम्म एम्बुलेन्स आवतजावत गर्न समेत समस्या हुने गरेको थियो। डाँडाबजार भेडेटार रवि राके सडक खण्डमा पर्दछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.