आगोले जलेर घाइते भएकी वृद्धाको मृत्यु

आगोले जलेर घाइते भएकी वृद्धाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर  : मोरङको कटहरीमा आगोले जलेर घाइते भएकी वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।  कटहरी गाउँपालिका–२ आदर्श टोलकी ६० वर्षीया फूलमाया रायको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

उनका अनुसार घरअगाडि आँगनमा बालेर ताप्ने क्रममा शरीरमा आगो सल्किएर गत पुस १५ गते राय घाइते भएकी थिइन् ।  कपडाबाट शरीरमा आगो सल्किएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विरानगरको कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार रायको मृत्यु भएको डीएसपी दाहालले बताए । 

उनको दुवै हात,छात्ती,पेटलगायत शरीरका विभिन्न भागमा आगोले पोलेको थियो । प्रहरीका अनुसार शवलाई पोस्टमार्टम गरेर परिवारको जिम्मा लगाइएको छ । 

त्यस्तै, मोरङको रंगेली नगरपालिका–७ की ६० वर्षीया तिलियादेवी मण्डल बुधबार बिहान आगोले जलेर घाइते भएकी छन् । घरअगाडि आँगनमा घुर बालेर ताप्ने क्रममा साडीबाट शरीरमा आगो सल्किएर उनी घाइते भएकी थिइन् ।

डीएसपी दाहालका अनुसार आगोले मण्डलको कम्मर मुनिको भाग जलेको छ । उनलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.