ट्रकमा लोड भएको जुटमा आगलागी

ट्रकमा लोड भएको जुटमा आगलागी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

 विराटनगर  : मोरङको कटहरी गाउँपालिका–१ मा भारतीय नम्बरको ट्रकमा लोड गरेर ल्याइएको जुटमा शुक्रबार बिहान आगलागी भएको छ । एनएल ०२ एन २०७८ नम्बरको ट्रकमा लोड गरेर कटहरी–१ स्थित बाबा जुट मिल्समा ल्याउँदै गरेको जुटमा बिहान ९:३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुसार भारत विहार ठाकुरगंजका सुरेश अग्रवालले हैसियन नामको जुट लोड गरेर ल्याएका थिए ।  बाबा आयलको काँटामा नापतौल गर्ने क्रममा जेनेटरको पाइपबाट निस्किएको आगोको झिल्काबाट जुटमा अचानक आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । 

उनका अनुसार बोरा बनाउनका लागि भारतबाट करिब ७ मेट्रिक टन कच्चा जुट ल्याएको खुलेको छ ।  जुट मिल्सका कामदार, स्थानीय, दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट जुटमा आंशिक क्षति पुगेको र ट्रकमा केही नभएको प्रहरीले जनाएको छ । डीएसपी दाहालका अनुसार आगलागीबाट ५६ हजार बराबरको क्षति भएको खुलेको छ । 

घरमा आगलागी 

मोरङको मिक्लाजुङ गाउँपालिका–१ का तिलबहादुर विश्वकर्माको घरमा आगलागी भएको छ । काठ र बाँस प्रयोग गरी कर्कटपाताको छानो राखेर बनाइएको एक तले घरमा आगलागी भएको हो । डालोमा राखिएको कोइलाबाट बिहीबार आगलागी भएको प्रहरीले जनाएको छ । 

तर, घटनाका बारेमा प्रहरीले शुक्रबार मात्रै जानकारी पाएको थियो । आगोले घरसहित अन्नपात, भाँडावर्तन, लत्ताकपडा, काजपत्रलगायत पूर्णरूपमा जलेर ध्वस्त भएको डीएसपी दाहालले बताए । उनका अनुसार आगोले २ लाखभन्दा बढीको क्षति भएको पाइएको छ । 

मानवीय र चौपाया क्षति नभएको नभएको दाहालले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.