जातिवादी र अतिवादी शक्तिले परिवर्तनविरुद्ध भ्रम फैलायो : महासचिव पोखरेल

जातिवादी र अतिवादी शक्तिले परिवर्तनविरुद्ध भ्रम फैलायो : महासचिव पोखरेल
सुन्नुहोस्

बेनी : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जातिवादी र अतिवादी शक्तिले परिवर्तनको विरुद्धमा फैलाएको भ्रम चिर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। 

बेनीमा आज नेकपा एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले सरकारलाई दबाब दिन आन्दोलनको तयारी गर्न कार्यकर्तालाई सुझाए। नयाँ शक्तिका नाममा छाडातन्त्र र अराजकताले समाजलाई सही बाटोमा डोर्‍याउन नसक्ने बताए। 

‘सामाजिक सञ्जालको पपुलरिजमले जनताको समस्या र आवश्यकता बुझ्न सक्दैन भन्ने सन्देश जनतामा लैजानुपर्छ,’ उनले भने ‘राजनीतिक अस्थिरिता र सामाजिक अराजकता नै विकास र समृद्धिको बाधक हो।’

हालै सञ्चालन गरिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमार्फत् पहिचान भएका समस्या र सम्भावनाको विषयलाई राजनीतिक मुद्दा बनाउने पोखरेलले बताए। ‘पहाडबाट बसाईसराई रोकेर अवसरको सिर्जना गराउनका लागि सरकारलाई सुझाव दिएका छौं,’ उनले भने ‘नेपालको मध्य पहाडलाई समृद्धिको आधारशीलाको रूपमा स्थापित गर्न सकिने विश्वास र मान्यता बनाएका छौं।’
 
निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, राज्यलाई कमजोर बनाउने गतीतिबि नियन्त्रण, उत्तरदक्षिण र पूर्वपश्चिम जोड्ने लोकमार्ग, आधारभूत अस्पताल निर्माणसम्बन्धी दुरगामी योजनालाई महत्व दिँदै लगानी र सुरक्षाको वातावरण बनाएर युवा पलायन घटाउन नीति लिन सरकारसँग माग गरे। 

जनतामा आशा जगाउँदै उनीहरूको समस्या पहिचान र सम्बोधन गराउँदै आगामी चुनावमा एकल बहुमत प्राप्त हुनेगरी संगठन निर्माणमा परिचालन हुन नेता कार्यकर्तालाई पोखरेलले निर्देशन दिए। राष्ट्रिय स्वाधीनता, स्वाभिमान, राष्ट्रिय हित र सार्वभौमिकता जोगाउन एमालेको नेतृत्व आवश्यक रहेको उनले बताए। 

दुई दिनसम्म चल्ने अधिवेशनबाट जिल्ला कमिटिको नयाँ नेतृत्व चयन हुनेछ। अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्यसहित ४१९ जना प्रतिनिधिले भाग लिएका एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.