एमाले म्याग्दीको अध्यक्ष बने बालकृष्ण सुवेदी

एमाले म्याग्दीको अध्यक्ष बने बालकृष्ण सुवेदी
सुन्नुहोस्

बेनी : बेनीमा आइतबार सम्पन्न नेकपा एमाले म्याग्दीको दशौं जिल्ला सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ। सम्मेलनले बालकृष्ण सुवेदीको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी चयन गरेको हो। 

रघुगंगा गाँउपालिका-३ मौवाफाँटका सुवेदी यसअघि एमालेको जिल्ला उपाध्यक्ष, सचिव, सचिवालय सदस्य थिए। उपाध्यक्षमा प्रमोद श्रेष्ठ, सचिवमा थमसरा पुन, उपसचिवमा मंगलाका सतप्रसाद रोका र अन्नपूर्णका खड्ग गिरी चयन भएका छन्। 

भूगोल ३१, दलित ७, मजदुर २, मुस्लिम १, जनजाति १३, खुला ३०, अन्यतर्फ १ जना सदस्य चयन भएका छन्। वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधि सहभागि अधिवेशन शुक्रबारदेखि सुरु भएको थियो। गण्डकी प्रदेशका ११ मध्य म्याग्दीमा पहिलो पटक एमालेको जिल्ला अधिवेशन भएको हो।

नेकपा एमाले म्याग्दीका नवनिर्वाचित जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.