घाँसले बिजुलीको पोल छुदाँ करेन्ट लागि सुनारको मृत्यु
स्याङजा : करेन्ट लागेर आइतबार दिउँसो पुतलीबजारकाका चन्द्रकुमारी सुनारको मृत्यु भएको छ। पुतलीबजार नगरपालिका-८ काहुले बस्ने ५० वर्षीय सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
घाँस बोकेर घर फर्कने क्रममा घाँसले बिजुलीको पोलमा छोइन जाँदा करेन्ट लागि मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।