पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको कैद सजाय
काठमाडौं : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको कैद सजाय सुनाइएको छ। पाकिस्तानको एक विशेष अदालतले खानलाई १० वर्षको सजाय सुनाएको हो।
राज्यको गोपनीयतालाई सार्वजनिक गरेको आरोपमा खानसहित पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको कैद सुनाइएको हो। उक्त मुद्दा वासिङटन र इस्लामावादबीचको कूटनीतिक दस्तावेजसँग सम्बन्धित छ। ती दस्तावेजहरू आदानप्रदान हुँदा खान पाकिस्तानका प्रधानमन्त्री थिए।
खानले आफूविरुद्ध लगाइएको आरोप आफ्नो सरकारलाई ध्वस्त पार्ने अमेरिकी षडयन्त्र भएको दावी गरेका थिए। विश्वासको मत पाउन नसकेपछि उनी २०२२ मा प्रधानमन्त्रीबाट हटेका थिए।
भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका खान अहिले तीन वर्षको जेल सजाय भोगिरहेका छन्। पाकिस्तानमा निर्वाचन हुनुभन्दा एक हप्ताअघि यस्तो फैसला सुनाएको हो। ८ फेब्रअरीमा त्यहाँ चुनाव हुँदैछ।
प्रतिक्रिया दिनुहोस !
२