मनमायाले पाइन् ७३ वर्षको उमेरमा नागरिकता

मनमायाले पाइन् ७३ वर्षको उमेरमा नागरिकता
७३ वर्षको उमेरमा नागरिकता पाएकी मनमाया लिम्बूको नागरिकता देखाउँदै  छथरजोरपाटी गाउँपालिका १ का वडाध्यक्ष गोविन्द्र लिम्बू । तस्बिर : हरिबहादुर लम्जेल

धनकुटा : छथरजोरपाटी गाउँपालिका -१ कागुनेकी मनमाया लिम्बू शारीरिकरुपमा अशक्त छिन् । बोल्न सक्दिनन् । उनको घुँडादेखि भाग चल्दैन । दिसा -पिसाब गरेको थाहा पाउँदिनन् । शारीरिक अवस्था कमजोर भएका कारण अडेस लगाएर बस्न समेत सक्दिनन् । उनलाई भदा पदमबहादुर लिम्बूले पालन- पोषण गरिरहेका छन् । ज्यालादारीका रुपमा विद्यालयमा कार्यरत पदमबहादुर घरभन्दा बाहिर बस्छन्।

शारीरिक अशक्त भएकै कारण  उमेरले ७ दशक पार गरिसकेकी मनमायाले नागरिकताबाट बञ्चित थिइन्।  नागरिकता नबनेकै कारण सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य विमाको सुविधा पाउन सकेकी थिइन्।

मनमायाले बल्ला ७३ वर्षको उमेरमा नागरिकता पाएकी छन् ।  वडाध्यक्ष गोविन्द लिम्बू,वडा सचिव चन्द्रप्रकाश सुवेदी र भदैनी बुहारीले उनलाई एम्बुलेन्समा राखेर जिल्ला प्रशासन कार्यालय धनकुटा ल्याएका थिए ।

मनमायाले कागजपत्रमा ल्याप्चे समेत लगाउन सकेकी थिइनन् । भदैनी बुहारी पवित्रा लिम्बूले उनको हात समाएर ल्याप्चे लगाइदिएकी थिइन् ।  

तेस्रो प्रयासमा मनमायाले नागरिकता पाउँदा खुसी लागेको वडाध्यक्ष गोविन्द लिम्बूले बताए । नागरिकताका लागि तीनपटक जिल्ला प्रशासन कार्यालय धाउनु परेको उनले  दु:खेसो पोखे। 'मनमायाको अवस्थाबारे सीडीओ कार्यालयमा जानकारी गराउँदा केही कागजपत्रमा समस्या भयो । कर्मचारी समयतालिका नमिल्दा घरमै लगेर नागरिकता दिन सकेनन । त्यही भएर बाध्य भएर एम्बुलेन्समा ल्याउनु परेको हो,'उनले भने।

उनका अनुसार गत मंसिर ८ गते बसेको वडा समितिको बैठकले नागरिकताविहीनलाई नागरिक दिलाउन सर्भे गर्ने निर्णय गरेको थियो । सर्भेका क्रममा मनमायाले नागरिकता नपाएको खुलेको हो।उनको अवस्था नाजुक थियो।  वडा कार्यालयसम्म ल्याउन पनि समस्या थियो । वडा सचिव सुवेदीले उनको घरमै पुगेर सबै कागजपत्र बनाइ दिएका थिए।

एम्बुलेन्सको खर्च वडा कार्यालयले व्यहोरेको छ । सोही एम्बुलेन्समा वडाध्यक्षसहितको टोली आएको थियो । नागरिकता बनेपछि मनमायालाई घरैसम्म एम्बुलेन्सबाट पुर्‍याउने प्रबन्ध गरिएको वडा सचिव सुवेदीले बताए । उनका अनुसार पटकपटक टोली जाँदा पनि उनको शारीरिक र आर्थिक अवस्था कमजोर भएका कारण नागरिकता बन्न सकेको थिएन ।  यता प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले वडा कार्यालयबाट आएको सर्जिमिन मुचुल्का र सिफारिसमा भएका विवरणमा केही फरक देखिएकाले ढिलाइ भएको बताए ।  

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.