पीडितमैत्री कानुन बनाएर संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनुपर्छ : रास्वपा

पीडितमैत्री कानुन बनाएर संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनुपर्छ : रास्वपा
रास्वपाका प्रमुख सचेतक सन्तोष परियार।

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा राष्ट्रिय सहमति हुनुपर्ने बताएको छ। रास्वपाको सिंहदरबारमा शुक्रबार बसेको संसदीय दलको बैठकले पीडितमैत्री विधेयक बनाएर संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनुपर्ने बताएको हो।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नेपालीले आफ्नै खुबी र पहलले द्वन्द्वलाई शान्तिमा परिणत गरेको १७ वर्ष बितिसकेकाले यसलाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्ने बताए। 

'कुशको लास बनाएर काजकिरिया गर्नुपर्ने अवस्था आइसकेको छ। त्यसैले अब यसलाई टुंगोमा पुर्‍याउनुपर्छ। जे विषय नमिलेका छन्। त्यसमा छलफल गरौं। राष्ट्रिय सहमतिका साथ पीडितमैत्री कानुन बनाएर सत्यनिरुपण हुनेगरी काम सम्पन्न गर्नुपर्छ,' उनले भने।

त्यस्तै माघ २२ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकमा रास्वपाले के कस्ता विषय उठाउनुपर्ने विषयमा बैठकमा छलफल भएको उनले बताए। रास्वपाका सभापति रवि लामिछानेले विभिन्न समितिमा रहेका विधेयक र चुनावमा वाचा गरेका विषयलाई विधेयकमा कसरी समेट्ने विषयमा छलफल गरेको प्रमुख सचेतक परियारको भनाइ छ। 

'संसद बैठकमा कस्तो भूमिका निर्वाह गर्ने र रास्वपाले उठाउने मुद्दाको विषयमा छलफल भयो। सरकारले आफू अनुकूल विधेयक ल्याउने तर अगाडि नबढाउने प्रचलन छ। ती विधेयकमा कसरी जनतामैत्री कानुन बनाएर अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भयो। केही कानुनको सूची बनाएर त्यसलाई पूरा गर्नैपर्छ भन्ने हाम्रो लाइन हो। मूलतः माघ २२ गतेबाट हुने अधिवेशनमा जनताको दैनिकीसँग जोडेर अगाडि बढ्नेछौं,' उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.