विकटका वडा समेटेर छुट्टै पालिका बनाउन प्रस्ताव

विकटका वडा समेटेर छुट्टै पालिका बनाउन प्रस्ताव
सुन्नुहोस्

अछाम : जिल्लाको साँफेबगर नगरपालिकाका ६ वटा वडाले छुट्टै पालिका बनाउनका लागि प्रस्ताव पेस गरेका छन्। नगरसभाको १२ औं अधिवेशनमा नगरपालिकाका ९,१०,११,१२,१३ र १४ वडालाई समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव पेस गरिएको वडा नम्बर ९ का वडाध्यक्ष दीपक कुँवरले जानकारी दिए। 

६ वटा वडाका अध्यक्षसहित २४ जना नगरसभा सदस्यले हस्ताक्षर गरेको प्रस्ताव‍ नगरसभामा पेस भएको छ। विकासका हिसाबले पछि पारिएकोले छुट्टै पालिका बनाउन आवश्यक रहेको वडा नम्बर १० का वडाध्यक्ष ललित बोगटीले बताए। 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को ३ दफा अनुसार छुट्टै पालिका बनाउन सकिने व्यवस्था रहेकाले त्यही अनुरुप प्रस्ताव पेस गरिएको उनको भनाइ छ। उनले भने,‘आज प्रस्ताव पेस गरेका छौं। नगरसभाबाट दुई तिहाई बहुमतले पारित हुनुपर्छ। हुन्छ भन्नेमा विश्वस्त छौं।’ 

नगरपालिकाभित्रको वडा भनिए पनि सामान्य पूर्वाधारका विकासले समेत छुन नसकेको वडा नम्बर १२ का वडाध्यक्ष जनक कडायतले बताए। राजनीतिक हिसाबले भोट बैंकका रूपमा मात्र नहेरेर चौतर्फी विकासका लागि सोच्न आवश्यक रहेकाले सबैको सहयोगको अपेक्षा गरेको कडायतले बताए। अधिवेशन शनिबारदेखि सुरु भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.