ज्ञानमन्दिरले जित्यो नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि

ज्ञानमन्दिरले जित्यो नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि
सुन्नुहोस्

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका–७ स्थित ज्ञानमन्दिर नमुना मावि मेलचौरले दोस्रो चौतारा स्पोर्टिङ क्लब नगरस्तरीय ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

चौतारास्थित मिनीरंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा ज्ञानमन्दिरले सेतीदेवी मावि स्याउलेलाई पेनाल्टी सुटआउटमा २–० गोलले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै विजेता ज्ञानमन्दिरले नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बनेको सेतीदेवीले नगद २० हजार रुपैयाँमा चित्त बुझायो।

यसअघि निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनलमा सुरुवाती अग्रता भने ज्ञानमन्दिरले लिएको थियो। आत्मघाती गोल खाएपछि पुनः ज्ञानमन्दिरले लिएको अग्रता खेलको अन्तिम समयमा गोल फर्काउँदै सेतीदेवीले बराबरीमा पुर्‍याएको थियो। पेनाल्टी सुटआउटमा ज्ञानमन्दिरका गोलरक्षक सन्देश दंगाल हिरो बने। उनले सेतीदेवीका दुई खेलाडीको पेनाल्टी उत्कृष्ट बचाउ गरेपछि उपाधि ज्ञानमन्दिरले उचाल्यो।

खेलको म्यान अफ द म्याच जितेका दंगाल नै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक चुनिँदै गोल्ड्रेन ग्लोब्स जिते। ज्ञानमन्दिरकै सगुन श्रेष्ठले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएर गोल्ड्रेन बल जित्दा उपविजेता सेतीदेवीका शुसन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, विजेन श्रेष्ठ उत्कृष्ट स्ट्राइकर छानिए।

सिद्धिगणेश मावि सानोसिरुवारीका सागर थापामगर उत्कृष्ट मिडफिल्डर चुनिँदा इर्खु माविका १० वर्षीय खेलाडी सुवास महतले इमर्जिङ प्लेयरको अवार्ड जिते। प्रतियोगिताभर सर्वाधिक ५ गोल गरेर ज्ञानमन्दिरका जोन श्रेष्ठले गोल्ड्रेन बुट जिते। सिद्धिगणेशले फेयरप्लेको अवार्ड हात पार्‍यो। उनीहरुले ट्रफी पुरस्कार पाए।

प्रतियोगिताको विजेता विद्यालय तथा खेलाडीलाई नगरकी उपप्रमुख सीता थापा, सामाजिक विकास शाखाका संयोजक रामप्रसाद गौतम लगायतले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए। चौतारा स्पोर्टिङ क्लबद्वारा आयोजनामा तीन दिन चलेको चौतारा साँगाचोकगढी माविस्तरीय प्रतियोगितामा नगरभित्रका १४ विद्यालयले प्रतिस्पर्धा गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.