स्वास्थ्य चौकीको भवन निर्माण

स्वास्थ्य चौकीको भवन निर्माण
सुन्नुहोस्

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ। सघन सहरी विकास तथा भवन निर्माण आयोजना बाग्लुङले भूकम्प प्रतिरोधी क्षमताको अपांगमैत्री दुई तले नौ कोठे भवन निर्माण गरेको हो। 

भवन निर्माणका लागि बन्धन भगवती देभ एण्ड सायर तिलक जेभीले २०७८ असारमा एक करोड ५९ लाख ७८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। १८ महिना ठेक्का अवधि भएको भवन पछिल्लो पटक थपिएको आठ महिनाको म्याद भित्रै सम्पन्न भएको आयोजना प्रमुख सुनिता श्रेष्ठले बताइन्।  

भवन निर्माणका लागि दग्नाम घर भई हाल बेनी निवासी टेकबहादुर थजालीले आठ लाख रुपैयाँ मूल्य बराबरको पाँच रोपनी जग्गा चार लाख रुपैयाँमा उपलब्ध गराएका थिए। भवनमा बिरामी उपचार, प्रशासन, औषधि भण्डारण, बैठक हल, सहायता कक्ष र स्वास्थ्यकर्मीको आवास रहेको छ। भवन परिसरमा सार्वजनिक शौचालय पनि निर्माण भएको छ। 

यसअघि अस्थायी र साँघुरो भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो। नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज हुने स्वास्थ्य चौकीका प्रमुख सुकमती गर्बुजाले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.