अनुमति नलिई सञ्चालन गरिएको पसल बन्द

अनुमति नलिई सञ्चालन गरिएको पसल बन्द

नुवाकोट : नुवाकोटमा अनुमति नलिई सञ्चालन भएको एउटा पसल बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानमा बजार अनुगमन गर्ने क्रममा अनुमति नै नलिई सञ्चालन भएको पाइएपछि थानसिङ कृषि सहकारी संस्थाको पसल बन्द गराइएको हो। 

मंगलबार लिखु गाउँपालिका क्षेत्रभित्र रहेका विविध पसल तथा व्यवसायको अनुगमन गरिएको छ। लिखु गापा-१ ढिकुरे, छहरे, अमिलवोटे बजारका नौ वटा विविध व्यवसायमा अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बजार अनुगमन समितिका संयोजक तुलसीराम पौडेलले जानकारी दिए। 

उनका अनुसार अनुगमनका क्रममा मापदण्डविपरीत रहेको पाइएपछि चारवटा पसललाई तत्काल नगद जरिवाना गराइएको छ। लिखु गापामा रहेको एउटा किराना पसल, एउटा मिठाई पसल र सातवटा एग्रोभेट पसलमा अनुगमन गरिएको हो। 

ती पसलमा अनुमतिपत्र, मापदण्ड तथा गुणस्तरियताका सम्बन्धमा बजार अनुगमन गरिएको सहायक प्रजिअ पौडेलले बताए। 
    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.