गाडीसहित चालकलाई अपहरण गर्ने दुई युवक पक्राउ

गाडीसहित चालकलाई अपहरण गर्ने दुई युवक पक्राउ
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको ककनीका एक वृद्ध चालकलाई गाडीसहित अपहरण गरी फिरौती माग गरेको आरोपमा दुई युवक पक्राउ परे‍का छन्। पक्राउ पर्नेमा ककनी गाउँपालिका-४ का ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८ का २४ वर्षीय रामचन्द्र तामाङ रहेका छन्।  

ककनी गाउँपालिका-४ रानीपौवाका ५९ वर्षीय सूर्यबहादुर तामाङलाई गाडीसहित अपहरण गरि फिरौती मागेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिए। 

उनका  अनुसार बिरामी बोक्नका लागि भन्दै पीडित तामाङले प्रयोग गर्दै आएको बा६ज ७७७९ नम्बरको सुजुकी अटो गाडी ककनीमा राति रोकेर गाडीसहित तामाङलाई नुवाकोटकै पञ्चकन्या गाउँपालिकामा पुर्‍याएर ठूलो रकम फिरौती माग गरेर धम्की दिएका प्रहरीले जनाएको छ।

अपहरण गर्नेहरूले माग गरेको रकममध्ये पीडित सूर्यबहादुरले ७ लाख रुपैयाँ दिने सहमति गरेकोमा रकम लिन नुवाकोट आउन लागेका दुई युवालाई काठमाडौं प्रहरीको सहयोगमा माछापोखरीबाट पक्राउ गरिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.