ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा शनिबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। वीरगन्जबाट झापातर्फ जाँदै गरेको ना ४ ख ७०७४ नम्बरको ट्रकले बिहान ८ बजेतिर प्रदेश १–०२–०५३ प ५५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे–१० का ५५ वर्षीय श्रीकुमार काङवाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीको डीएसपी गणेश श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका काङवालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेका हुन्। ट्रक र चालक बाराको जितपुरसिमरा–७ का ३५ वर्षीय साहेब जान अन्सारीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.