नेपालीलाई स्वदेश फर्काउन आग्रह
सरकारलाई विश्वप्रकाशको प्रश्न : रुससँग संवाद गर्न क्षमता र लेभल छ कि छैन ?
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकार चुकेको बताएका छन्। आइतबार प्रतिनिधिसभाअन्तरगतको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा शर्माले नेपाली युवाहरूलाई स्वदेश फर्काउन रुसी सरकारसँग संवाद गर्न क्षमता र लेभल सरकारसँग छ कि छैन? भन्दै प्रश्न समेत गरे।
समिति सदस्य समेत रहेका शर्माले रुसी सेनामा रहेका नेपालीलाई कुटनीतिक पहल गरि नेपाल फिर्ताको वातावरण बनाउन र रुसी सेनामा रहेका नेपालीको अवस्थाका बारेमा समेत जानकारी लिनुपर्ने उल्लेख गरे।
उनले रुसी सेनामा भर्ना भएका नेपालीमाथि दुर्व्यवहार भइरहेको भन्दै उनीहरूलाई स्वदेश फर्काउन सरकार असफल भएको बताए। उनले सरकारले हालसम्म नेपालस्थित रुसी राजदूतलाई बोलाएर संवाद गर्न बाहेक अन्य पहल केही गर्न नसकेको आरोप लगाए।
उनले प्रश्न गर्दै भने,'रुससँग संवाद गर्न कूटनीतिक पहल ,क्षमता र लेभल सरकारसँग छ कि छैन?' उनले रसियामा गएर सेनामा भर्ना भएका नेपाली युवाहरूको उद्दार गर्ने विषयमा सरकार गम्भीर बन्नैपर्ने बताए।
विपद् परेको बेलाबाहेक अन्य अवस्थामा जनताले सरकार नखोज्ने भन्दै सरकार छ भन्ने कुराको अनूभूति गराउन लागि रसिया गएका नेपालीको उद्दारका लागि सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए।
उनले रुसी सेनामा गएका नेपाली युवाको यकिन तथ्यांकसमेत सरकारसँग नभएको गुनासो गरे।
प्रतिक्रिया दिनुहोस !