डोल्पाको जुफाल विमानस्थल बन्द गर्न सिफारिस

डोल्पाको जुफाल विमानस्थल बन्द गर्न सिफारिस
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल बन्द गर्न सिफारिस गरिएको छ। ठुलीभेरी नगरपालिकाका प्रमुख सुवर्ण बुढाको अध्यक्षतामा नागरिक उडड्यन प्राधिकरणको कार्यालय जुफालमा बसेको जिल्लास्थित सरोकारवालाहरूको बैठकले विमानस्थल एक महिना बन्द गर्न सिफारिस गरेको हो।

विमानस्थलको धावनमार्ग मर्मत गनुपर्ने भएकाले फागुन १० गतेदेखि चैत १० गतेसम्म बन्द गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणलाई सिफारिस गरिएको नगर प्रमुख बुढाले बताए। अहिले डोल्पासम्मको सडक मार्गको पहुँच राम्रो भएकाले यात्रुलाई आवतजावत गर्न मर्का नपर्ने भएकाले लागिएको उनको भनाइ छ।

डोल्पामा यातायातको छिटो छरितो र भरपर्दो माध्यामका रूपमा रहेको हवाई यातायात नै रहेको छ। नागरिक उड्ययन प्राधिकरण जुफालका प्रमुख अमित चौरासियाले धावनमार्ग मर्मत गर्न अत्यावश्यक भएकाले एक महिना बन्द गर्न लागिएको बताए। धावन मार्गको केही भाग बसेको र उठेको भएकाले पनि नेपालगञ्ज सुर्खेत लगायतका विमानस्थलबाट आउने जहाजहरूलाई अवतरणमा समस्या हुँदै आएको उनको भनाइ छ। 

विकट हवाई रुट भएको र विमानस्थल जोखिम भएकाले सरकारी तथा निजी एयरलाइन्स कम्पनीहरूले मर्मत गर्न आग्रह गर्दै आएका थिए। धावनमार्ग मर्मत गरेपछि जुफाल विमानस्थलमा सुरक्षित रूपमा यात्रुहरूले आवतजावत गर्ने सक्ने उनको भनाइ छ। 

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवाली,नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.