सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिशूलीलाई

सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिशूलीलाई
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको विदुरमा सञ्चालन भएको सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिशूलीले जितेको छ। प्रतियोगितामा १० स्वर्ण, आठ रजत र सात कास्य पदक जितेर त्रिभुवन त्रिशूली मावि प्रथम भएको हो। 

प्रतियोगितामा तीनसय पदकका लागि विद्यार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो। बट्टारस्थित अर्किड एकेडेमीले नौ  स्वर्ण, दुई रजत र एक कास्य पदक जितेर उपविजेता भएको छ। माझिटारको च्वाडी पब्लिक माविले पाँच स्वर्ण, ६ रजत र पाँच कास्य पदक जितेर तृतीय पुरस्कार पाएको छ।
      

करातेतर्फ च्वाडी पब्लिक माविले तीन  स्वर्ण, तीन रजत र चार कास्य पदक, तेक्वान्दोतर्फ त्रिभुवन त्रिशूलीले तीन  स्वर्ण, दुई रजत र तीन कास्य पदक, भलिबलतर्फ त्रिशूलीले नै एक  स्वर्ण, र एक रजत पदक, कबड्डीतर्फ पनि त्रिशूलीले दुई स्वर्ण पदक  र एथ्लेटिक्सतर्फ अर्किड एकेडेमीले सात  स्वर्ण, एक रजत र एक कास्य पदक जितेर प्रथम भएको छ। 

नुवाकोटको विदुर नगर क्षेत्रमा रहेका २० सामुदायिक तथा पाँच निजी गरी २५ विद्यालयका पाँचसय जना विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो। एथ्लेटिक्स, भलिबल, कबड्डीलगायत पाँच विद्याका खेल प्रतियोगितामा ९२ स्वर्ण, ९२ रजत र ९२ नै कास्य पदकका लागि प्रतिस्पर्धा गरिएको आयोजक विदुर नगरपालिका खेलकुद समितिका संयोजक अच्युतराज महन्त गिरीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.