वीरगन्जले जित्यो दोस्रो लहान मेयर गोल्डकपको उपाधी

वीरगन्जले जित्यो दोस्रो लहान मेयर गोल्डकपको उपाधी
विजेता टिमलाई ट्रफी र नगद पुरस्कार हस्तान्तरण गर्दै लहान नगरपालिकाका मेयर महेश चौधरी।
सुन्नुहोस्

सिरहा : दोस्रो लहान मेयर गोल्डकप फुटबल प्रतियोगिता-२०८० को उपाधी वीरगञ्ज युनाइटेडले जितेको छ।

पशुपति आदर्श माविको खेलमैदानमा  भएको फाइनल खेलमा सिरहाको सल्हेश युवा क्लबलाई टाइब्रेकरमा रोक्दै वीरगञ्जले उपाधिसँगै नगद ३ लाख र आकर्षक ट्रफी पाएका छन्।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले १/१ गोलको बराबरी खेलेका थिए। वीरगञ्जका अजित चौधरीले खेलको १३औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, वीरगञ्जले गोलको खुसी साट्न नपाउँदै १५औँ मिनेटमा सिरहाका अबयोमीले गोल फर्काएर बराबरी गरेका थिए। यसैबीच, खेलको ६२औँ मिनेटमा वीरगञ्जका सञ्जय चौधरीले दोहोरो पहेँलो कार्डपछि रेड कार्ड पाएर मैदान छाड्न बाध्य भए।

१० खेलाडीमा सीमित वीरगञ्जले रक्षात्मक रणनीति अपनाएर सिरहालाई थप गोल गर्न दिएन। टाब्रेकरमा वीरगञ्ज ३-१ गोलले विजयी बन्यो। वीरगञ्जका लागि श्याम चौधरी, रञ्जय चौधरी र कृपा चौधरीको प्रहार गोलमा परिणत भएको थियो। सागर चौधरीको प्रहार सिरहाका गोलरक्षक सागर मगरले रोकेका थिए। यस्तै, सिरहाका सेबेको प्रहारमात्र गोलमा परिणत भएको थियो भने सुनिल खड्काको प्रहार विरगञ्जका गोलरक्षक दिलमणि चौधरीले बचाएका थिए। कप्तान अमन लामा र अबयोमीको प्रहार बाहिरिएको थियो। 

खेलको म्यान अफ दी म्याच वीगञ्जका विकास चौधरी भए। उनले नगद ३ हजार पाएका छन्।

वीरगञ्जका अजित चौधरी बेस्ट मिडफिल्डर, सागर चौधरी बेस्ट फरवार्ड, दिलमणि चौधरी बेस्ट गोलकिपर घोषित भए। यस्तै, सिरहाका प्रवेश दनुवार बेस्ट डिफेन्स र सुनिल खड्का सर्वाधिक गोलकर्ता बने। उनीहरुले पुरस्कार स्वरुप जनही नगद ५/५ हजार पाएका।

सिरहाका कप्तान अमन लामा गोल्डकपकै उत्कृष्ट खेलाडी बन्दा आयोजक हिम कस्तुरी युवा क्लबका राधेश्याम चौधरी उदीयमान खेलाडी बने। उनले पनि नगद ५ हजार पाए। उपविजेता सिरहाले नगद १ लाख ५० हजारमा चित्त बुझाएको छ। गोल्डकप सञ्चालनका लागि लहान नगरपालिकाले प्रायोजन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.