महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना : १० जनाको मृत्यु, ३० घाइते
![महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना : १० जनाको मृत्यु, ३० घाइते](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_Kt5t7wRE7D_v63OBnXhlJ.jpg)
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण (पहिचान) आइसकेको छैन ।
कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)