सडक दुर्घटनाको कारण खोज्न सर्वपक्षीय बैठक

सडक दुर्घटनाको कारण खोज्न सर्वपक्षीय बैठक
फाइल तस्बिर।
सुन्नुहोस्

बुटवल : लुम्बिनी प्रदेशमा सडक दुर्घटना हुने क्रम नरोकिएपछि लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले बैठकको आह्वान गरेको छ।

सडक दुर्घटनाको कारण र यसको रोकथामको उपाय खोज्न फागुन १४ गते सर्वपक्षीय बैठक आह्वान गरिएको उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले जानकारी दिए। बैठकमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, प्रदेश ट्राफिक प्रमुख, १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवसायी र यातायात सम्बद्ध सबै मजदुर संघ÷संस्थाबाट प्रतिनिधित्व हुने उनले बताए। ‘सडक दुर्घटनाप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको छ’, मन्त्री थापाले भने, ‘संयूक्त बैठकपछि दुर्घटना न्यूनीकरण गर्न विशेष निर्णय लिनेछौं।’

पछिल्लो पाँच वर्षमा सडक दुर्घटनामा परी लुम्बिनी प्रदेशका १२ जिल्लाका २ हजार ८ सय ३७ जना नागरिकले अकालमै ज्यान गुमाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार लुम्बिनी प्रदेशमा साना ठूला गरी झन्डै साढे पाँच वर्षको अवधिमा ५ हजार १० भन्दा बढी सवारीसाधन दुर्घटनामा परेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.