आँखाको ज्योति फर्किएपछिको खुसी

आँखाको ज्योति फर्किएपछिको खुसी
मोतिबिन्दुको शल्यक्रिया गराएका स्थानीयवासीहरु। तस्बिर : शम्भु यादव।

सिरहा : धनगढीमाई नगरपालिका–२ निवासी दलित समुदायका हुली रामको आँखा केही महिना यता दुख्न थालेको थियो। अस्पताल जाने खर्च नभएपछि उनी उपचार गराउन पाएका थिएनन्। गाउँमै शिविर आएको खबर सुनेपछि उनी खुशी भएका थिए। 

शिविरमा जाँच गराए। उनको आँखामा मोतिबिन्दु देखियो। त्यही निःशुल्क शल्यक्रिया गरिदिने सुनेपछि उनी हर्षित भए।  उनी मात्रै होइन सोही नगरपालिका–११ का गोविन्दबहादुर श्रेष्ठ आँखा देख्दैनथिए।  उनी पनि उपचार पाउँदा खुसी भएका छन्। 

नगरपालिकाले तिलगंगा अस्पताल काठमाण्डौंको सहकार्यमा वडा वडामा शिविर सञ्चालन गरेपछि यहाँका ७ हजारभन्दा बढी स्थानीयहरुले निःशुल्क रुपमा आँखा जाँच गराउन पाएका छन्। ५३५ जनामा मोतिबिन्दु देखापरेपछि उनीहरुले निःशुल्क रुपमै यही शल्यक्रिया गराएका छन्।   

आर्थिक अवस्था कमजोर, अस्पताल आउजाउ गर्ने सहयोगी नपाएर वृद्ध र अशक्त मानिसले उपचार गराउन पाएका थिएनन्। ‘जनताको समस्या बुझेर तिलगंगा अस्पतालसँग सहकार्य गरी शिविर सञ्चालन गराएका छौँ,’ धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले भने,‘नगरबाट विरामी र कुरुवालाई चिया, पाउरोटी र दूध उपल्बध गराएका छौँ।’ 

मेयर महतोका अनुसार तिलगंगा आँखा अस्पताल, मानवीय कल्याणकारी फाउण्डेशन र युएई दुतावास (दुवै एड)ले आग्रहलाई स्वीकार गरी नगरवासीको आँखा उपचार गर्न मद्दत गरेका छन्। ‘मोतिबिन्दुले न्यून दृष्टि र अन्धोपन गराउँछ। यो समस्या तराई क्षेत्रमा बढी देखिन्छ। त्यही देखेर हामी स्रोत खोजी ठाउँठाउँमा जतचेतना जगाउने र शिविर गर्न प्रयोजना बनाएर उपचार गर्ने गरेका छौँ,’तिलगंगा अस्पतालका डा. कृष्णमोहन श्रेष्ठले भने,‘शिविरबाट हजारौँ सर्वसधारण लाभान्वित भएको छ। उनीहरु खुशी देखिएका छन्।’ 

‘वडा वडामा शिविर गरी स्कर्निङ्ग गरेका विरामीलाई उपचार गरेका छौँ। उपचारपछि आँखालाई कसरी जोगाउने, हेरचाहको तरिका र खानेकुराको विषयमा सबैलाई जानकारी दिएका छौँ,’ परियोजना अधिकृत महेश पराजुलीले भने,‘औषधी र चस्मा पनि विरामीहरुलाई निःशुल्क दिइएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.