९० हजारले अवलोकन गरे नुवाकोट महोत्सव

९० हजारले अवलोकन गरे नुवाकोट महोत्सव
सुन्नुहोस्

नुवाकोट : नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित आठौं नुवाकोट महोत्सवमा अवलोकन गर्न आउने दर्शक बढिरहेका छन्। महोत्सवको नवौं दिन शनिबार १२ हजार जनाभन्दा बढीले अवलोकन गरेको महोत्सव सचिवालयले जनाएको छ।

स्थानीय उत्पादन, बजारीकरण, प्रवर्द्धन तथा पर्यटन वृद्धिको मुख्य लक्ष्यसहित गत माघ २६ गतेदेखि महोत्सव सञ्चालन गरिएको हो। महोत्सवमा नवौं दिनसम्म तीन करोड रुपैयाँ बढीको कारोबार भएको आयोजकले जनाएको छ। 

महोत्सवमा हालसम्म ९० हजार जनाले अवलोकन गरेका महोत्सव आयोजक उद्योग वाणिज्य संघका महासचिव उपेन्द्र बुढाथोकीले जानकारी दिए। उनका अनुसार तीन करोड रुपैयाँको विविध वस्तुको कारोबार भएको छ। महोत्सवमा स्थानीय उत्पादन, हस्तकला तथा ढाकाजन्य वस्तुहरू राखिएका छन्। सोमबारसम्म सञ्चालन हुने महोत्सवमा एक लाखले अवलोकन गर्नुका साथै ७ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ। 

संघले २०६३ सालदेखि दुई वर्षको अन्तरालमा नुवाकोट महोत्सव आयोजना गर्दै आएको छ। स्थानीय उत्पादनको बजारीकरण, पर्यटन, कला तथा संस्कृतिको प्रबद्र्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनीका लागि महोत्सव सञ्चालन गरिएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए। 

उनका अनुसार महोत्सवमा विभिन्न नृत्य, लोकदोहोरी, विज्ञानप्रविधि प्रदर्शनलगायतका प्रतियोगिता आयोजना गरिएका छन्। महोत्सवमा सर्वसाधारणका लागि आवश्यक वस्तुका साथै विभिन्न जातीय झाँकी, नाच, भजन, भेषभूषा प्रदर्शन गरिएका छन्। महोत्सवमा विविध सामग्रीका २ सय ५० स्टलहरू  छन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.