‘व्यवस्थामा देखिएका कमजोरीको समाधान यहि व्यवस्थाभित्र मात्रै सम्भव’

नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि प्रधानमन्त्री प्रचण्डको आह्वान

नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि प्रधानमन्त्री प्रचण्डको आह्वान
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन अपील गरेका हुन्।

प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए।‘परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुछ,’उनले भने, ‘रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ। युवाहरूमा आशाको रक्तसञ्चार भर्नु छ। नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ।’ 

प्रजातन्त्र लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार तयार गर्ने व्यवस्था भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनताले आफूलाई शासन गर्ने प्रतिनिधि आफै चयन गरेर पठाउने प्रजातान्त्रिक प्रणालीले राज्यमा अग्रगामी प्रगति र उन्नतिको आधार सिर्जना गर्ने विश्वास व्यक्त गरे। 

null

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधान समेत यही व्यवस्थाभित्र मात्रै सम्भव रहने उनले बताए। प्रधानमन्त्री प्रचण्डले भने, ‘लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित संस्थागत विकास, सङ्घीयताको प्रभावकारी कार्यान्वयन, राज्य सञ्चालन प्रक्रियामा नागरिकको सक्रिय सहभागिताबाट मात्र जनअधिकार र जनजीविकाको सुदृढीकरण एवं समाजवादको आधार तयार हुन सक्छ।’

उनले नेपाली जनताको सुशासन, सामाजिक न्याय र समृद्विको आकांक्षा पूरा गर्न चुनौतीलाई नजिकबाट नियालिरहेको उल्लेख गरे। ‘यतिखेर म, नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ गरेको विश्वास, राखेको आशा र भरोसालाई कमजोर हुन नदिन लागिरहेको छु। संविधानले प्रत्याभूत गरेका हक अधिकार एवं जनताको दैनिक जीवनस्तरमा देखिने परिवर्तन ल्याउन ठोस कदम चाल्नुपर्नेमा म सचेत र गम्भीर छु’, प्रचण्डले भने, ‘यस दिशामा आ–आफ्नो जिम्मेवारीअनुरूप जनउत्तरदायी भएर काम गर्नसमेत सम्पूर्ण राष्ट्रसेवकहरूमा निर्देशित गर्दछु।’

प्रचण्डले आधुनिक नेपालको शासकीय स्वरूपको जग नै विभिन्न चरणका सङ्घर्ष र क्रान्तिको अविछिन्न श्रृङ्खला भएको दाबी गरे। प्रधानमन्त्री प्रचण्डले संविधानको प्रस्तावनामा समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरिएकाले प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निमित्त अगाडि बढ्ने ढोका खुला रहेको बताए।

उनले नेपाली जनताको राजनीतिक सङ्घर्ष र क्रान्तिको लामो गौरवशाली परम्परा रहिआएको उल्लेख गरे।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड सहभागी उक्त कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरेपछि फोटो पत्रकारले क्यामरा डाउन गरेका थिए। उनीहरुले सूचना विभागबाट जारी प्रेस कार्ड देखाउँदासमेत प्रवेश नदिएको बताएका छन्।

  null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.