प्रजातन्त्र दिवसको कार्यक्रममा प्रवेश गर्न नदिएपछि पत्रकारले गरे क्यामेरा डाउन

प्रजातन्त्र दिवसको कार्यक्रममा प्रवेश गर्न नदिएपछि पत्रकारले गरे क्यामेरा डाउन
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारहरूलाई प्रवेश नदिइएपछि उनीहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । 

सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा रिपोर्टिङका लागि गएका पत्रकारहरूलाई प्रवेश नदिइएपछि उनीहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन । 

सूचना तथा प्रसारण विभागको कार्डले समेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गर्दै क्यामेरा डाउन गरेका थिए । समारोहको निमन्त्रण पास भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको थियो ।

सो समारोहमा राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,प्रधानन्यायाधीश,सभामुखसहितको सहभागिता रहेको थियो । विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भइ नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा दिवस मनाउन थालिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.