दुर्गमका जीर्ण झोलुंगेपुल

दुर्गमका जीर्ण झोलुंगेपुल
सुन्नुहोस्

गोरखा : दुर्गम गाउँबस्तीका बासिन्दाले गाँस, बास, कपासका लागि पनि धेरै असुविधा र समस्या झेलिरहेका हुन्छन्। न सेवा, सुविधा, न कुनै अवसर। मोटरबाटो त परको कुरा, पदमार्ग पनि सुरक्षित हुन्नन्। यस्तै समस्यामा छ चुमनुब्री गाउँपालिका। यहाँ गाउँपालिकाकै केन्द्र जोड्ने मूलबाटोको झोलुंगेपुल पनि अति जीर्ण छ। प्रसिद्ध मनास्लु चक्रीय पदमार्गमा समेत पर्ने बूढीगण्डकी माथिको सो पुल विगत दुई वर्षदेखि जीर्ण रहेको स्थानीयवासीको गुनासो छ। बूढीगण्डकी नदीको बाढीले क्षति पुर्‍याएर जीर्ण बनाएको सो पुल अहिलेसम्म मर्मतसम्भार नहुँदा स्थानीयवासी, विद्यार्थी, खाद्यान्न ढुवानी गर्ने खच्चड तथा विदेशी पर्यटकहरूलाई ओहोरदोहोर गर्न कठिनाइ भएको छ। 

सो पुल १५ वर्षभन्दा पहिले निर्माण भएको हो। सदरमुकामबाट चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिम पुग्न प्रयोग हुने सो झोलुंगेपुल दैनिक दुई सयभन्दा धेरैजना तर्ने स्थानीय बलबहादुर गुरुङले जानकारी दिए। ‘विद्यार्थी, स्थानीयवासी, पर्यटक गरी दैनिक दुई सयभन्दा पनि धेरैले यो पुल तर्ने गर्छन्’, गुरुङ भन्छन्, ‘यस्तो महत्त्वपूर्ण पुल जीर्ण भएको लामो समय भइसक्यो। नयाँ पुल बनाउने भनेर जग खनेर राखेको पनि दुई वर्ष भइसक्यो। अहिलेसम्म बन्ने छाँटकाँटै देखिँदैन।’ पुरानो पुल निर्माण हुँदैमा प्राविधिक त्रुटि भएको र अहिले त्यसको नतिजा भोग्नु परेको छ। उनका अनुसार अहिले बन्न लागेको पुलको पनि प्राविधिक डिजाइन इस्टिमेट त्रुटिपूर्ण रहेको छ।

सो पुल भत्किँदा गत वर्षको जेठ २० गते पुलबाट आठ वटा खच्चड बूढीगण्डकीमा खसेका थिए। पाँच वटाको मृत्यु भएको र तीन वटा घाइते भएका अर्का स्थानीय गणेश कार्कीले जानकारी दिए।

त्यसपछि गाउँलेले सो पुलको खाल्टो टाल्न भन्दै फलेक ठोकेका थिए। तर अहिले फेरि पुल कोल्टेर समस्याग्रस्त भएको छ।

नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले सो पुल निर्माण गर्न लागेको हो। त्यसका लागि गोरखा कन्सट्रक्सनले ठेक्का सम्झौता गरेको थियो। तर लामो समयदेखि जगमात्र खनेर राखेको स्थानीयवासीको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.