![मोरङमा लहरी गाडीले थिचिएर एकै परिवारका २ सहित ३ जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/accident_BdLBCXq2M1_W7kHstcCfc.jpg)
मोरङ : मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा लहरी गाडी पल्टिएर दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीनजनाको मृत्यु भएको छ । आर जे २९ जीबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका ४ का ज्योती अधिकारीकी ४ वर्षीया छोरी इसिता अधिकारी, छोरा निशान्त अधिकारी र सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवास रहेका छन्।
ज्योतीका छोरा र छोरी जुम्ल्याहा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आज (शुक्रबार) बिहान ७ बजे कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो । उक्त लहरी नहरनजिकको किराना पसलमा पल्टिएको प्रहरीले जनाएको छ ।
पल्टिएको लहरीले थिचेर तीन जना बालाबलिकाको घटनास्थलमा मृत्यु भएको हो । त्यस्तै लहरीले च्यापिएको अवस्थामा रहेका ज्योतिको भने उद्दार कार्य जारी छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार अहिले घटनास्थलबाट ढुङ्गा पन्छाएर क्रेनको सहयोगमा शव निकाल्ने प्रयास भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)