उदयपुरमा मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

उदयपुरमा मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते
सांकेतिक तस्बिर।

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका- ८ झोडामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मदन भण्डारी स्मृती लोकमार्गको नेपालटारबाट सदरमुकाम  गाईघाटतर्फ आउँदै गरेको को.२८.प.७०८६ नम्बरको मोटरसाकलले सोही दिशातर्फ जाँदै गरको प्र.१-०५-०१ क. ००३५ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीका अनुसार दुर्घटनाबाट घाइते भएका मोटरसाइकल चालक उदयुरगढी गाउँपालिका ६ नेपालटारका ३४ वर्षीय रत्नकुमार तामाङको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी तामाङकी श्रीमतीको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए । उनको अनुहार र दाहिने हातमा चोट लागेको छ ।  डीएसपी चौधरीका अनुसार ट्रक चालक त्रियुगा नगरपालिका- ११ का ४० वर्षीय बिनोदकुमार चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.