सडक विस्तारमा ढिलाइ भएपछि समन्वय प्रमुखले सुरु गरे अनसन

सडक विस्तारमा ढिलाइ भएपछि समन्वय प्रमुखले सुरु गरे अनसन
सुन्नुहोस्

काभ्रे : धुलिखेल–खावा सडक विस्तारमा ढिलाइ भएपछि जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले आमरण अनसन सुरु गरेका छन्। उनले शुक्रबार दिउँसो साढे २ बजेदेखि अरनिको राजमार्गको खावामा अनसन सुरु गरेका हुन्। 

धुलिखेलदेखि खावासम्मको ४ किलोमिटर सडक विस्तारको समयसीमा आउँदो चैत १९ गते सकिँदैछ। सडक विस्तारका लागि २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा २०७९ जेठ २० गते सम्झौता भएको थियो। 
 

तर निर्माण कम्पनी गौरी पार्वती निर्माण सोव प्रालिले नै सडक विस्तारमा अवरोध गरेपछि तोकिएको समयमा काम पूरा नहुने भएको हो। निर्माणको समयसीमा सकिन लाग्दा अहिले एक तिहाइ मात्र काम भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.