कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
सुन्नुहोस्

फिदिम : फिदिममा सञ्चालित कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा शुक्रबार सात विधाका खेलहरू सम्पन्न भएका छन्। महिला एकलमा मोरङकी सीमा राजवंशीले जितेकी छन्। सीमाले फाइनलमा झापाकी अञ्जना राईलाई १७–२१ २१–१५ २१–१९ को सेटमा हराउँदै उपाधि जितेकी हुन्। यस्तै, पुरुष एकलको उपाधि भोजपुरका विशाल तामाङले जितेका छन्। तामाङले सेमिफाइनलमा ताप्लेजुङका मिलन गुरुङलाई २१–१२–२१–१३ को सोझो सेटमा हराउँदै उपाधि जिते। 

पुरुष युगलको उपाधि तेह्रथुमका विवेक कन्दवा र नवीन सिलवालको जोडीले जितेका छन्। कन्दवा र सिलवालको जोडीले भोजपुरका विवेक श्रेष्ठ र विशाल तामाङको जोडीलाई हराउँदै उपाधि जितेका हुन्। उनीहरू २१–१६ १६–२१ र २१–१७ को सेटमा विजयी भए। महिला युगलको उपाधि खोटाङका रेनुका राई र समिता राईको जोडीले जिते। उनीहरूले सुनसरीका योगिता लिम्बू र सृष्टि राईको जोडीलाई २१–१७ २१–१२ को सेटमा जित निकाले।

मिश्रित युगलको उपाधि मोरङका सुप्रिम पन्त र सीमा राजवंशीको जोडीले जितेका छ। उनीहरूले पाँचथरका दिवस शंकर र छाया केरुङको जोडीलाई १७–२१ २१–१५ र २१–१९ को सेटमा हराउँदै उपाधि जितेका हुन्। भेट्रान्सतर्फ ४५ वर्ष माथिको उपाधि पाँचथरका सन्तोष मोक्तान र अनिल थाम्सुहाङको जोडीले जितेका छन्। 

उनीहरूले पाँचथरका दीपक आङदेम्बे र धनकुटाका शिखर श्रेष्ठको जोडीलाई २१–१६ १९–२१ र २१–१४ को सेटमा जित निकालेका हुन्। भेट्रान्सतर्फकै एक सय वर्ष माथिको उमेरसमूहको विजेता झापाका प्रकाश राई र मोरङका उत्तम सिम्खडाले जिते। जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा भएको प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेका हुन्।

प्रतियोगिताका खेलहरू जिल्ला समन्वय समिति पाँचथरको कभर्डहलमा सम्पन्न भएको हो। प्रतियोगितामा कोशी प्रदेशका १३ वटा जिल्लाको ६८ जना खेलाडीहरूको सहभागिता रहेको छ। प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफीसहित २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

खुला भेट्रान्स प्रतियोगितातर्फ ४५ वर्षमाथि र दुई जना खेलाडीको उमेर जोड्दा १०० वर्षमाथि गरी दुई विधाको खेल हुने आयोजकले जनाएका छन्। खुला भेट्रान्स प्रतियोगितातर्फका विजेताले ३० हजार र दोस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.