माझी समुदायले मनाए लदी पर्व

माझी समुदायले मनाए लदी पर्व
सुन्नुहोस्

धनकुटा : सीमान्तकृत माझी समुदायले सामूहिक रुपमा कोशी पूजा गरेर लदी पर्व मनाएका छन्। माझी समुदायले हरेक वर्ष फागुनको तेस्रो मंगलबार विशेष पर्वका रुपमा लदी पर्व मनाउने चलन छ। 

धनकुटाका तमोरगढको बस्तीमा रहेका माझी समुदायले पनि लदी पर्व धुमधामका साथ मनाएका छन्। तमोर गढको बस्ती भैसेटार, फलामेटार, सदमटार र कुसेटार क्षेत्रमा बसोवास गर्ने माझी समुदायको सयभन्दा बढी घरपरिवारले सामूहिक रुपमा तमोर नदीमा पूजाआजा गरि लदी पर्व मनाए। 

null

नदीमा माछा मार्दा र डुंगा तार्दा मानवीय क्षति नहोस् भन्ने कामनासहित बर्सेनि माझी समुदायले लदी पर्वको दिन कोशीमा विशेष पूजाआजा गर्दै आएको माझी समुदायका ज्येष्ठ नागरिक चौविसे गाउँपालिका-४ फलामेटारका लालबहादुर माझीले बताए। 

माझी समुदायले आजको दिन खोलाको संगममा सामूहिक विशेष पूजाआजा गर्दै खोलालाई बोका, कुखुरा र परेवाको बली दिने गर्छन्। तमोर गढको बस्तीमा समुदायको बाक्लो बसोबास रहेको छ। पछिल्लो समय लोप हुँदै गएको अवस्थामा माझी समुदायका युवाहरूको सक्रियतामा लदी पर्व धुमधामका साथ मनाइएको वडा सदस्य समेत रहेका चौविसे गाउँपालिका-४ भैसेटारका राजन माझीले बताए। 

null

सडक विस्तार गर्ने क्रममा नदीनालामा पुल निर्माण भएसँगै माझी समुदायको मुख्य पेशा माछा मार्ने, डुंगा (नाउ) मा मानिसहरूलाई नदी तार्ने काम बन्द भएपछि लदी पर्व मनाउने चलन पनि बन्द भएको थियो। तर लदि पर्वलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले गत वर्षदेखि मनाउन सुरु गरिएको हो। लदी पूजाले माझी समुदायबीच भेटघाट गर्ने अवसर जुरेको साँगुरीगढी गाउँपालिका-३ कुसेटारका स्थानीय देवीमाया भुजेलले बताइन्। 

लदी पूजामा आएका माझी समुदायले मौलिक पोशाक गुनिउ चोली र फेटा स्टकोटमा सजिएका थिए। चामलको पिठोबाट बन्ने गोलमाडी परिकार खाने चलन रहेको चौविसे गाउँपालिका-५ सदामटारकी स्थानीय फूलमाया माझी बताउँछिन्। 

null

तमोर नदीको किनारमा ढुंगाको देवता, सिमली र बाँसको थान बनाएर नाउ, माछा मार्ने जाल, माछा हाल्ने फुरुंगोलाई पूजा गर्ने चलन छ। माझी समुदायले मुख्य पर्वका रुपमा मनाउने यस पूजाको संरक्षण आवश्यकता भएको उनीहरूको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.