दम्पत्ति मिलेर काकाको विभत्स हत्या

दम्पत्ति मिलेर काकाको विभत्स हत्या
सांकेतिक तस्बिर।

नुवाकोट :  नुवाकोटको खत्रिकुनामा दम्पत्ति मिलेर आफ्नै काकाको हत्या गरेका छन्। किस्पाङ गाउँपालिका- ५ मा बसेर ज्यामी तथा ज्याला मजदुरी गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिका- ३ डाँडागाउँका भुन्टे भनिने ७१ वर्षीय टेकप्रसाद भट्टको हत्या गरेको अभियोगमा उनकै भतिजी र ज्वाईंलाई पक्राउ गरिएको नुवाकोट प्रहरीले जनाएको छ।

टेकप्रसादलाई लाठो प्रहार गरि विभत्स रुपमा हत्या गरेको कारण प्रहरीले रसुवाको कालिका गाउँपालिका - २ धैवुङका ४१ वर्षीय अनिल भुषाल र उनकै श्रीमती ३१ वर्षीया दिपा भट्टभुषाललाई पक्राउ गरेको हो। उनीहरुलाई अदालतबाट म्याद थप गरि हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। थप आवश्यक अनुसन्धानको लागि नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखिएको खड्काले बताए। 

डीएसपी खड्काका अनुसार घटनामा अपराध भएको आशंकासँगै त्यसपश्चात तालिमप्राप्त कुकुरको सहयोगमा संलग्न रहेको अभियोगमा भुषाल दम्पत्ति पक्राउ परेका हुन्। उनीहरुलसमेत हत्या गरेको स्वीकार गरेका छन्।

वृद्ध टेकप्रसाद भट्ट यहि फागुन १५ गते मंगलबार बिहान नुवाकोटको किस्पाङ गाउँपालिका ५ खत्रीकुना जंगलमा रहस्यमय रुपमा मृत अवस्थामा फेला परेका थिए। भीरबाट लडेको अवस्थामा उनको शव भेटिएपनि उनको टाउकामा केही प्रहार गरेको चोट र हत्या भएको निष्कर्षको आधारमा प्राप्त तथ्य प्रमाणले घटनामा अपराध भएको र त्यसमा उनको भतिजी दम्पतिको संलग्नता रहेको पाइएको डीएसपी खड्काले बताए।

मृतक टेकप्रसादले श्रीमान अनिल छाड्न दिपालाई फकाएको विषयलाई लिएर सोही रिसईवीको कारणले उनीहरुले टेकप्रसादलाई किस्पाङको एकान्तको खत्रिकुना जंगल (पोलोरो पाखा) स्थित मानेगाउँदेखि चामपानी घलेगाउँजाने बाटोमा जाँदै गर्दा लाठोले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको नुवाकोट प्रहरीले जनाएको छ। उनीहरुलाई कारबाहीको लागी प्रहरीले अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार अविवाहित र नागरिकता समेत नबनाएर लामो समयदेखि घर छाडेर नुवाकोटको किस्पाङका विभिन्न स्थानमा ज्याला मजदुरी र घुमफिर गर्ने, चोया काटेर बाँस र निगालोबाट बन्ने सामाग्री बेचेर जीवन यापन गर्दै आएका टेकप्रसादको मृत्युलाई प्रहरीको विशेष अनुसन्धानमा प्राप्त तथ्यको आधारमा हत्या भएको भन्ने निष्कर्षमा पुगेको थियो। 

आफ्नै काकाको विभत्स हत्या गरेर फरार भएको दीपाको दम्पत्तिलाई प्रहरी टोलीले काठमाडौ- १६ बालाजु बाइपासबाट पक्राउ गरेर नुवाकोटमा ल्याएर हिरासतमा राखेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.