धनकुटामा जीप दुर्घटना हुँदा सात जना घाइते

धनकुटामा जीप दुर्घटना हुँदा सात जना घाइते

धनकुटा : पाख्रिवास नगरपालिका-१० चुङवाङमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। 

हिलेबाट चुङवाङतर्फ गइरहेको को १ च १६१९ नम्बरको पिकअप जीप भारती माध्यमिक विद्यालयको छेउमा सडकदेखि करिब ५० मिटर तल खसेको थियो। 

प्रहरी घटनास्थलमा पुगिसकेको छ। घाइतेहरूलाई उपचारका लागि अस्पताल लैजाने काम भइरहेको प्रहरीले जनाएको छ। गाडीको चक्का पड्किएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको हिले प्रहरी चौकीका इन्चार्ज अर्जुन कार्कीले बताए। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.