जीप दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते (अपडेट)

जीप दुर्घटनामा एक जनाको मृत्यु, १५ घाइते (अपडेट)

धनकुटा : पाख्रिबास नगरपालिका-१० चुङवाङमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा चुङवाङकी-९ वर्षीया संस्कृति राई रहेकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो। 

अस्पताल ल्याउने बित्तिकै डाक्टरले मृत घोषित गरेका थिए। यस्तै घाइते भएका पाख्रिबासका २२ वर्षीय रविका राई र काठमाडौंका ४० वर्षीय सानु आलेलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। 

यस्तै धनकुटा नगरपालिका-४ का ३६ वर्षीय देवि खत्री, १० वर्षीया अजित खत्री, ३६ वर्षीय देविका खत्री, ४७ वर्षीया सुनिता खत्री, पाख्रिबास नगरपालिका-१० का लक्ष्मी राईको धनकुटा अस्पतालमा उपचार भइरहको छ। अन्य ८ जनाको स्थानीय प्राथमिक अस्पतालमा उपचार गरी थप उपचारका लागि धनकुटा अस्पताल ल्याइएको छ। 

जीप भारती माध्यमिक विद्यालयको छेउमा सडक देखि करिब ४० मिटर तल खसेको थियो। गाडीको चक्का पड्किएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनास्थल रहेको सडक कच्ची हो। घटनास्थल हिले प्रहरी चौकीबाट करिब १५ किलोमिटरको दूरीमा छ। सवारी चालक राममणि राईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक राजवावु महर्जनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.