प्रधानमन्त्रीले गठबन्धन तोड्नुभएको हो, हामी राजीनामा दिँदैनौं : कांग्रेस मन्त्री

प्रधानमन्त्रीले गठबन्धन तोड्नुभएको हो, हामी राजीनामा दिँदैनौं : कांग्रेस मन्त्री

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले निजी निवास धुम्बाराहीमा पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरिरहेका छन्। 

नयाँ सत्तासमीकरण र नयाँ मन्त्रीमण्डल बनाउन एमाले र रास्वपाका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा जुटेसँगै कांग्रेसको पदाधिकारी बैठक बसेको हो। बैठकस्थलबाट केहि मन्त्री बाहिर निक्लिएका छन्। उनीहरुले  मन्त्री पदबाट राजीनामा नदिने बताएका छन्।

नयाँ मन्त्रीमण्डल बनाउने तयारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन र नदिए बर्खास्त गर्ने सन्देश कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष दिएका छन्। 

पदाधिकारी बैठकमा निस्किएपछि कांग्रेस मन्त्रीहरुको राजीनामा के हुन्छ भन्ने प्रश्नमा अर्थमन्त्री प्रकाशशरण महतले नयाँ गठबन्धन बन्ने भएपछि स्वभाविक रुपमा राजीनामा दिनुपर्ने आवश्यकता नरहेको बताए। महतले गठबन्धन प्रधानमन्त्री प्रचण्डले तोडेकाले कांग्रेसका मन्त्रीले आफैँ राजीनामा नदिने बताए ।

‘प्रधानमन्त्रीले गठबन्धन तोडेको जानकारी दिनुभयो। कांग्रेसले गठबन्धन तोडेको होइन।’ उनले भने,‘नयाँ गठबन्धन बन्ने भएपछि राजीनामा दिनुपर्ने आवश्यकता छैन। स्वाभाविकरुपमा हामीले राजीनामा दिनुपर्दैन।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.