सेयर बजारमा नयाँ राजनीतिक समीकरणको प्रभाव, तेस्रो पोजिटिभ सर्किटपछि कारोबार बन्द

सेयर बजारमा नयाँ राजनीतिक समीकरणको प्रभाव, तेस्रो पोजिटिभ सर्किटपछि कारोबार बन्द
सुन्नुहोस्

काठमाडौं : सेयर कारोबार सोमबारका लागि बन्द भएको छ ।  तेस्रो सर्किट लागेपछि कारोबार दिनभरका लागि बन्द भएको हो । कारोबारमा आएका दुई बाहेक सबै कम्पनीको मूल्य बढेपछि नेप्से १ घन्टा ४ मिनेटमै बन्द भएको हो ।

दोस्रो सर्किट ब्रेक लागेर खुलेको १ मिनेटमै तेस्रो सर्किट लागेको थियो। यसअघि ३ मिनेटमै पहिलो सर्किट लागेको थियो भने कारोबार खुलेको केही सेकेन्डमै दोस्रो सर्किट लागेको  थियो ।

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ । यसैगरी पहिलो सर्किट लागेर खुलेपछि दोस्रो सर्किट लाग्न उल्लेखित प्रतिशतको घटबढ आवश्यक रहन्छ । पहिलो सर्किट लागेपछि २० मिनेट, दोस्रो सर्किट लागेपछि ४० मिनेट र तेस्रो सर्किटपछि  सो दिनका लागि कारोबार बन्द हुन्छ ।

सोमबार १ घन्टा ४ मिनेटमा नेप्से ११७.७० अंकले बढ्दा २ सय ३० कम्पनीको सेयर मूल्य बढेका छन् भने २ वटाको घटेका छन् । ग्लोबल आईएमई लघुवित्त र गणपति लघुवित्तको भने मूल्य घटेको हो । यस अवधिमा ३७ करोड ५२ लाख ९ हजार ९ सय ७८ रूपैयाँको सेयर किनबेच भयो । 

संघीय सत्ता परिवर्तनको प्रभाव सेयर बजारमा देखिएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महत बजारले रुचाएका व्यक्ति होइनन् । उनी फेरिने निश्चित भएसँगै लगानीकर्ता खुसी देखिएका छन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजै मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका छन्। नयाँ सत्ता समीकरणमा एमाले,माओवादी,राप्रपा र जसपालगायत दलहरू छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.