मुसहर समुदायलाई नयाँ घर

मुसहर समुदायलाई नयाँ घर
सुन्नुहोस्

सिरहा : रामे सदाय शारीरिक रूपले अशक्त भएपछि काम गर्न सक्दैनन्। मजदुरी गर्न नसकेपछि उनले फुसकै घर बनाए। वर्षौंसम्म त्यसैलाई जसोतसो मर्मत गरेर बसिरहेका थिए। वर्षात्मा चुहिने समस्या र गर्मीमा हावाहुरी र आगलागीको डरले उनलाई सताइरहेको थियो। हिजोआज उनको समस्या टरेको छ। लहान नगरपालिकाले सुरक्षित घर बनाइदिएपछि उनी खुसी भएका छन्। 

उनका छिमेकी फुलझार सदायको पनि फुसकै घर थियो। उनी पनि दुई बेड रुम, एक भान्साकोठा र शौचालयसहितका नयाँ घर पाएका छन्। अब मजदुर गर्न ढुक्कले बाहिर जान थालेका छन्। 

लहान नगरपालिका–१५ मेनहर्वा मुसहर बस्तीमा उनीहरू जस्तै ३८ घरपरिवार मुसहर समुदायले घर पाएका छन्। नगरपालिकाले कार्यक्रम गरी ताला चाबी र प्रमाणपत्रसहित घर मंगलबार हस्तान्तरण गरेका छन्। ‘यो गाउँमा सबै मुसहर समुदायका व्यक्तिहरू मजदुरी गरेर जिविका चलाउँदैछन्,’ रामे सदायले भने, ‘आर्थिक अवस्था कमजोर भएका कारणले घर बनाउन सकेका थिएनौं। नगरपालिकाले बनाइदिएपछि खुसी महसुस भएको छ।’

फुसको घर हुँदा बाहिर मजदुरीमा जाँदा पनि घरकै चिन्ता रहने र हावाहुरी र आगलागीले वर्वाद  भइहाल्छ कि भन्ने लाग्ने गरेको स्थानीय आशा सदायले बताइन्। ‘अहिले ढुक्कसँग बस्न थालेका छौं। बसोबासको चिन्ता हटेको छ। अब कमाएर छोराछोरीलाई पढाउँछु’, उनले भने।

लहान नगरपालिकाले विपन्नका लागि सुरक्षित आवास निर्माण कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरी मुसहर समुदायलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरेका छन्। हस्तान्तरण गरिएको घरमा दुइटा बेड रुम, भान्सा र शौचालय छन्। मेयर महेश चौधरीका अनुसार वडा–१५का मेनहर्वा मुसहर बस्तीमा ३८ घर र वडा–१२ मा १२ घर गरी ५० घरपरिवारलाई उक्त घर हस्तान्तरण गरिएको हो। 

गत आर्थिक वर्ष ०७९/०८० मा नगरपालिकाले १ करोड रुपैयाँ घर निर्माणका लागि विनियोजन गरेको थियो। त्यसमा हिल्टी फाउन्डेसनको सहयोगमा ह्याबिटेट फर हुम्यानीटिले १ करोड थप सहयोग गरेको छ। भवानी एकीकृत विकास केन्द्रले प्राविधिक सहयोग गरेको छ। मेयर चौधरीका अनुसार यस वर्ष फेरि ६० वटा घर निर्माण गरिने बजेट विनियोजन भएको छ। चालू आव ०८०/०८१ मा नगरपालिकाले वडा १३, २१ र २२ मा ६० घर निर्माण गरी मुसहर समुदायलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ। आफू निर्वाचित भएदेखि नै खासगरी मुसहर समुदायका हरेक समस्या समाधान गर्न अगाडि बढेको र खानेपानी, शिक्षा क्षेत्रमा सहयोग गरिरहेको उनले सुनाए। 

हस्तान्तरण गरिएको घर सिमेन्ट, ब्याम्बो फ्रेम टेक्नोलोजि(सिबिएफटी) विधिबाट निर्माण गरिएको ह्याबिटेटका कार्यक्रम संयोजक इन्जिनियर रामसुन्दर यादवले बताए। घरको आयु कम्तीमा ३० वर्ष टिकाउ हुने उनले सुनाए। स्थानीय स्रोत साधनको अधिकत्तम प्रयोग गरि वातावरण मैत्री घर निर्माण भएको उनको भनाइ छ। नगरपालिकाले दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जासहित जग्गा प्राप्तिका लागि पहिलो चरणमा निस्सा वितरण गरेको छ। वडा–१५ मा ६७६ र वडा–१६ मा ३७६ जनालाई निस्सा वितरण गरिएको हो। केही महिनाभित्रै सबैलाई लालपुर्जा प्रदान गरिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.