नयाँ गठबन्धन सरकारमा को-को बन्दैछन् मन्त्री ?
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’,एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुबीच छलफल पश्चात मन्त्रालयको सिट संख्या टुंगो लगाएको हो।
सिट संख्या र मन्त्रालयको टुंगो लगाएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन्। हाल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपालाई मन्त्रालय भागबण्डा गरेपनि केहि मन्त्रालय भने हाललाई अन्य दल ‘पर्ख र हेर’को अवस्थामा रहेकाले रिजर्भमा राखिएको छ।
हाल एमालेलाई ९, माओवादीलाई ५ र रास्वपालाई ४, जसपालाई २ मन्त्रालय दिने तयारी रहेको बताइएको छ। बैठकले यस अगाडि गत वर्षको पुषमा बनेको एमाले नेतृत्वको गठबन्धनको मोडालिटी अनुसार नै मन्त्रालयको संख्यालाई भागबण्डा गरेको छ।
बालुवाटार स्रोतका अनुसार उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विष्णु पौडेल, रक्षा मन्त्रीमा नारायणकाजी श्रेष्ठ, गृहमन्त्रीमा रास्वपाका सभापति रवि लामिछाने, अर्थमन्त्रीमा वर्षमान पुन हुने तयारी भएको जनाएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रघुवीर महासेठको पनि सम्भावना रहेको छ। श्रेष्ठ र पौडेलको मन्त्रालय कुन हुने भन्ने पार्टीभित्र छलफल जारी रहेको छ।
रास्वपाबाट विना विभागिय मन्त्रीको सपथ खाएका डीपी अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रीमा विराज भक्त श्रेष्ठलाई दिने तयारी छ। रास्वपाले गृहसहित ४ मन्त्रालय पाउने सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस !