सत्ता केन्द्रीत चलखेलमा राप्रपा सहभागी हुँदैन : राजेन्द्र लिङ्देन

सत्ता केन्द्रीत चलखेलमा राप्रपा सहभागी हुँदैन : राजेन्द्र लिङ्देन
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता केन्द्रीत चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पारेका छन्। बुधबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित बृहत जनप्रदर्शनको तयारी सम्बन्धी कार्यक्रममा अध्यक्ष लिङ्देनले एकमात्र अर्जुनदृष्टि आन्दोलन भएको भन्दै सत्ता केन्द्रीत चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पारेका हुन्। 

उनले पछिल्लो राजनीतिक घटना क्रमले आफूहरुको आन्दोलनको अनुकूल वातावरण बनेको जिकिर गरे। अहिलेको व्यवस्था रहेसम्म सुशासनका साथै विकास र समृद्धिको कल्पना पनि गर्न नसकिने उनले बताए ।

उनले अहिलेको समस्या व्यक्ति र नेतृत्वमा नभइ व्यवस्थामा नै भएकाले व्यक्तिपरिवर्तन गौर्ण भएको पुष्टि भएको धारणा राखे। अहिले जनतालाई राप्रपाले उठाएको मुद्दा सहि रहेछ भन्ने कुरा गणतन्त्र,धर्मनिरपेक्षता र संघीयता पक्षधरले नै प्रमाणीत गरिदिएको उनले बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.